~रमण गायक~
पल पल रोएँ जिन्दगीमा कति आँसु गए खेर
संगालेर राख्या भए ताल बन्थ्यो हेर
चुरा लाउँला धागो लाउँला तिम्रै नामको सिन्दुर हेर
सजाउँला यो जुनी भन्थेँ सबै गयो खेर
एउटै कुरा भन्नु थियो मन भित्रै रह्यो हेर
मुटु भित्र सजाएको घाउ बन्यो हेर
सागर छोडी खोली रोज्यौ माया मेरो भयो हेला
अँधेरीको दियो रोज्यौ जुन गयो खेर
तिमीलाई भनी पर्खिबसेँ बैँश मेरो गयो हेर
बैँशको त के कुरा जुनी गयो खेर
शव्द र सङ्गीत: रमण गायक
स्वर: अञ्जु पन्त