~अमन महर्जन~
किन म आफैमा बिचित्रको लाग्छ
रात दिन र दिन रात झै लाग्छ
सपना पनि कहिं कतै बिपना झै लाग्छ
आधारात त मलाई पुरा मायाबी लाग्छ
म कता बरालियें मलाई पत्तै छैन
न म आफु भित्र बदल्न नै सकें
न म आफुलाई सम्हाल्न नै सकें
इच्छा बिहीन कुनै सुनसान भग्नावशेस झै
मेरा यी दिन र रातहरु बित्दैछन
बतासले अस्तब्यस्त पारेको उजाड़ कहली लागेको
मनुष्य बिहीन सहरमा म एक्लै रुमलिएको छु
न पानी, न रोटी,न बास न कुनै आस बोकेको
यो म आत्मा बिहीन अस्थिपंजर लिएर
हराई रहेछु,
उद्देश्य बिहीन कतै चिच्याई रहेछु
भयाबह चिच्याहट पनि कही आफैमा
हराए झै लाग्छ
विश्वासका त्यान्द्राहरू सबै अन्योलमा जगल्टिए झै लाग्छ
सारा इन्द्रियहरू बिपरीत बायूमा उडे झै लाग्छ
जीवनका सारा अस्तित्वहरु स्वाहा भए झै लाग्छ
किन म आफैमा बिचित्रको लग्छ
तर
यो बादलले ढाकेको आषाढमा कुनै न कुनै बेला
गर्जनासाथ बर्षा हुनेछ
माटोमा जब पानीको मेल हुन्छ त्यहाँ श्रृष्टि हुन्छ रे
अनि थोपा लाख छिचोली इन्द्रधनु आफै सिंगारिन्छ रे
-न्यूयोर्क