बनेको छ पहराले यो छाती मेरो
बगेको छ छहरा रगतमा मेरो
पखेरुमा जन्मी टाकुरामा खेल्ने
म झुक्दै नझुक्ने नेपालको छोरो
खोसेको रोटीले मेरो पेट भरिन्न
मागेको धोतीले मेरो लाज छोपिन्न
धसिएर हातपाउ झरी जाउन् औँला
तर कोही अगाडि यो हात जोडिन्न
म आगो सहन्छु अन्याय सहन्न
म तृष्णा सहन्छु तिरस्कार सहन्न
मेरो शिर उडाउ बरु त्यो सहन्छु
तर शिर परायाले टेके सहन्न
स्वर / शब्द /संगीत : गोपाल योन्जन