~गोविन्दप्रसाद आचार्य~
कस्तो यन्त्र स्वतन्त्र हो अधमको मानिस कठघवारमा
मान्छेका सपना थुनेर घरमा रम्ने बलत्कारमा
कालो लोक स्वतन्त्र यन्त्र विसको मानिस तड्पाउने
त्यै कालो अपराधलाई बहुतै आदर्श ढल्काउने
मान्छे थुन्न रमाउने अधमको लोकतन्त्र कालो छ हैै
त्यै कालो लोकतन्त्रमा अधमको षडयन्त्र जालो छ है
मान्छे थुन्छ र रक्तको रह भरी आदर्श पौडिन्छ है
कालो त्यो लोकतन्त्रमा अगतिलो मौलिक मानिन्छ है
नारी छन् कठवारमा अधमको आदर्श लोकतन्त्रमा
त्यै कालो लोक यन्त्र तन्त्र बहुतै हत्या बलात्कारमा
कस्तो यन्त्र विसाचको दमनको पाखन्डी छन् नायक
नारी थुन्न रमाउने असतीको लोकतन्त्र नालायक
मान्छेको हितमा हुँदैन कहिल्यै निर्धा मरे मारिए
काला गोमन सर्पको सठपना नैतिकतामा परे
कस्का नायक हुन् नरा अधमती संसार लुट्नेहरू
नारी छन् कठवारमा करवलै लोकतन्त्र कालो अरू
नारी फूल बने रमाई भमरा आदर्श लोकतन्त्रमा
कालो शासन त्यो विलास रसको नायक छ लोकतन्त्रमा
सत्ताको रसपानको रसदिने नारी रसिला बने
कस्तो शासन हो स्वतन्त्र लोकको जस्तो चलाए हुने
कस्ता नायक हुन् जतै अधमले कालो अँध्यारो दिने
कस्तो स्वच्छ स्वतन्त्र हो अधमको मानिस तड्पी रूने
नांगा नायकको नयाँ चलन रे मानिस थुन्ने कुरा
काला नामक सर्पको लुट कला लोकतन्त्र भन्ने कुरा
माया छैन मिठो विलास रसको मानिन्छ है यौवन
थुन्नेलाई स्वतन्त्रको सहमति लोकतन्त्रको जीवन
नांगा नाँच स्वतन्त्र छन् लुट कला अपराधको
त्यही कालो अपराध नायक हुने लोकतन्त्र हो मनपरी
नांगा नायकका नयाँ चलन छन् काला बने कानुन
फाले च्वाम्म चुसे छ चट्ट चटनी मानिसको
यस्तो काल स्वतन्त्र फाल अब लौ मान्छे यदि हौ भने
पेल्नै पर्दछ बन्दीका भवन ती आगो यदि हो भने
(स्रोत : हाँक विक्ली – वर्ष २८, अंक १४ – २०६७ फागुन ११ गते, बुधबार)