कविता : उज्यालो देखिएन त ?

~कणाद महर्षि~Kanad Maharshi_1

उज्यालो देखिन्छ त ?
उज्यालोमा जाओभन्दा नजाने
अँध्यारोमा जानुपर्ने
-यो कस्तो अफसोच !
-यो कस्तो विडम्बना !!
-भनौं यो कस्तो नरकीय यात्रा !!
उज्यालोमा आँखा चिम्लियो भने
अँध्यारो हुन्छ/अँध्यारै देखिन्छ ।

अँध्यारोमा
दुवै हातले परेला फट्टयाएर
दुवै आँखा खोले पनि
उज्यालो देखिन्छ त ?
अँध्यारोमा हिँड !
अँध्यारोमा हिँड !
अँध्यारै, अँध्यारोमा हिँड्नुपर्छ
तर खोल मनको आँखा
बज्र बनाउ आफ्ना हात, पाखुरा,
पिडुला, छाती र तिघ्राहरू
लात हान !
अँध्याराका भिताहरूमा
भत्काउ, भस्म पार
ती बार, पर्खाल र परिधिहरू
हात, हत्केलाका औंलाहरूले
चकमक ढुङ्ग्ा घोटेर – आगो बाल !
तब !
अँध्यारोमा हिँड्ने तिमीहरूको आँखा खुल्छ
चमक फुल्छ
झिलिमिली उज्यालो हुन्छ
अब भन !
उज्यालो देखिएन त ?

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.