~बाबु लामा~
धेरैले आशा देखाए
कतिले भरोसा दिलाए
तिम्रो गितमा संगीत भर्छु
भनेर हात पनि मिलाए
तर सबै झुट रहेछन
सबै अबसरबादी रहेछन
निभेको आगो होईन
बलेको आगो ताप्दारहेछन
झुपडीको दुख होईन
महलको सुख ताक्दारहेछन
धेरैले सपना देखाए
कतिले कल्पना गराए
तिम्रो गितमा आवाज दिन्छु भनेर
अँगालो पनि लाए
गरिबको माया होईन
धनिको छायामा बस्दारहेछन
दुखिको आशुमा होईन
सुखिको खुशिमा हास्दारहेछन
धेरैले शिखर टेकाए
कतिले गनतब्यमा पुर्याए
तिम्रो गितमा लगानी गर्छु भनेर
सहमती पनि जनाए ।।।।
बाबु लामा
भानु ८ तनहुँ तुरलुङ् कोट
हाल मलेशिया
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )