गीत : हल्ला चलेछ

~राजु लामा~Raju Lama

हल्ला चलेछ राजै चर्चा चलेछ
मै विदेश जाँदा, विदेशैमा बसेछ भनेर
उतैतिर घरजम भो भनेर
हल्लै हल्लाको संसार
आउँदै छु म माया नमार

कसरी म भुल्छु नि लै लै, तिम्रो त्यो मायालाई
रोदीघरमा गाएको त्यो लैबरी भाखालाई
दैव साक्षी छ, माया मेरो साँचै चोखो छ

सुन सुन साथी है संगी यो गीत रच्दै छु
झुटो बोले मरिजाउँ लै लै, केही दिनमै आउँदैछु
सम्हाल आफूलाई, कुरा काट्न देऊ है काट्नेलाई

स्वर, शब्द, संगीत – राजु लामा

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.