~दिपा एवाई राई~
चकमक झुलोबाट निक्लेर
अगेनामा धुनि जगाई
तिमीलाई न्यानो पारी माया गर्ने
म एउटा आगो हुँ,
तिमी शिकार जानु अघि
मलाई पोल्टोमा राखेर
सधै सुरक्षीत हुन्छौ
जंगली जनवारसाग युद्व गर्न
कतै रात परेर अभर पर्दा
मलाई राँको बनाई बाल्छौ
हो -म तिम्रो सुरक्षाको कवज
एउटा असल साथी
डरत्रास, संकोच हटाउने एउटा आगो हुँ,
हरेक पल्ट
तिमीलाई बर्खाले भिजाउदा
म न्यानो पार्दै
तिमीलाई सुकिलो बनाउँछु
शिशीरको छड्के बतासले
हिम पर्वतबाट
जाडो ल्याई दिदा
कठंग्रीएको त्यो दिनमा
म पुनः भुम्रोबाट निस्केर
तिम्रो घर कोठालाई न्यानो पार्दै
तिमीलाई चुमेर आलिंगन र्गछु
तिमीलाई सधै यसरी बाच्ने प्रेरणा दिई रहन्छु,
सायद त्यसैले होला
तिमी मलाई प्रेम गर्छौ
क्षणको भोकमा रन्थनिएर
मेरो सामु जोतिन्छौ
अनाजलाई पोलि पकाई आहर भोजन गराई
तिम्रो भोक मेटाउँछु,
तिम्रो प्रणय बन्छु
तिमी मलाई मचीसको डब्बामा बोक्छौ
लाईटर बनाई
सुटुक्क गोजिभित्र राख्छौ
अनि सिगरेट सल्काई
धुवा उडाउछौ,
सम्झ त !
भस्मे फाँड्न म डढेलो भए थिए
बाझो तिमीले फोडेउ
उर्बर भुमी बनायौ
तर त्यहि ठाउँहरूमा
बाली बोटबिरुवा लगाएर
तिमीले म प्रति
बेवास्ता जताभाबि खेल खेल्दा
हेर त ! घर गाउँ शहर जल्दै
कोईला र खरानि बन्दै गएको
तिम्रो दमकलको पानीले
कहाँ म निभ्न सके र !
कोलाहल
हृदयस्पर्सि चित्कारले
म अरु कसरी राँकीन्दै जाउँ !?
हो प्रिय ! मेरो अनुरागमा
सयम भुमरी चलाएर
म साहरा हुँदा
झण्डै पृथ्वीको
आधाहिस्सा पो ओगटेछु,
उग्र भएर बर्षा बर्षे पनि
मेरो अस्तित्वलाई
समाप्त गर्न सक्दैन
किन भने
तिम्रो जीवनमा
आत्माको न्यानो धड्कन
सिर्फ मेरो आगमनले भएको हो,
त्यसैले तिमी मलाई
सधै सबै ठाउँहरूमा प्रेम पुर्वक प्रयोग गर
तृस्कार र घृणाको खेल
मसँग नखेल है
मलाई अदबुद नबनाऊ
म तिम्रो साथमा हुन्छु
त्यसैले तिमी जहाँ जहाँ जान्छौ
म दिन-रात न्यानो बनि
तिम्रो साथमा रहन्छु
केवल तिम्रो समीपयमा
न्यानो बनीरहने
म एउटा आगो हुँ,
कृपाय, तिम्रो स्वार्थको परालमा
मलाई नखेलाउ
त्यहाँ मलाई प्रयोग नगर
सहज चकमकसँगै बस्न देउ,
के अझै तिमीलाई थाहा छैन र ?
मेरो विराट रुप !
हो यदि हेर्न चाहन्छौ भने
भोलि र्मिमिरेमा
चरीको चिरबिरीहरूमा
पवनले सुस्केर हालेर
पालुवा नाचि रहेको बेला
उठ र संगरमा आई उभिएर
आखाँ खोलि हेर त !
त्यहाँ देख्ने छौ
सूर्य
सिर्फ सूर्य
अनन्त ब्रह्माण्ड रचना गर्ने
त्यो आगोको ज्वारभाटा
हो त्यो सूर्य
मेरो विराट स्वरुप
सबै जीवहरूलाई ममतापुर्वक
न्यानोपनको जीवन दिने
तर यहाँ म एउटा आगो हो,
तिम्रो सन्तुलन
जीवन तापमानको
खेल खेल्ने आगो हुँ
एउटा आगो हुँ
र्सिफ म एउटा आगो हुँ ।
(नोट:यो कविता नेपाली महासंघद्वारा आयोजित कविता प्रतियोगितामा प्रथम भएको थियो)
(स्रोत : Bagaicha)