~निश्चल के.सी~
मेरो काठमाण्डौं घरैघर भएको काठमाण्डौं ।
मेरो काठमाण्डौं मोटरकार र टयाक्सी भएको काठमाण्डौं ।
मेरो काठमाण्डौं सडक गल्ली भएको काठमाण्डौं ।
मेरो काठमाण्डौं मन्दीरै मन्दीर भएको काठमाण्डौं ।
मेरो काठमाण्डौं प्रधानमन्त्री र मन्त्री भएको काठमाण्डौं ।
मेरो काठमाण्डौं राष्ट्रपति र सभामुखभएको काठमाण्डौं ।
मेरो काठमाण्डौं विजुली भई वत्ती नभएको काठमाण्डौं ।
मेरो काठमाण्डौं होटेल नै होटल भएको काठमाण्डौं ।
मेरो काठमाण्डौं ग्याँस भई चुलो नवलेको काठमाण्डौ।
मेरो काठमाण्डौं पानी नभएको काठमाण्डौं ।
मेरो काठमाण्डौं जहाज र हेलिकप्टर भएको काठमाण्डौ ।
मेरो काठमाण्डौं टुडीखेल भएको काठमाण्डौं ।
मेरो काठमाण्डौं फोहोरको डुङ्गुर भएको काठमाण्डौं ।
-नयाँ बानेश्वर, काठमाण्डौं
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )