~बिपिन किरण~
आज फेरी सुन्यतामा हराउदैछौ किन
नजिक आइ बोल्नलाई डराउदैछौ किन
मनका कुरा खोल्न यती डर लाग्छ भने
भित्र भित्र मलाई मन पराउदैछौ किन
सम्हालिनु पर्छ भन्थ्यौ जवानिले मात्दा
तर आज आफै लर्खराउदैछौ किन
बिर्सियर जानेछु म भनि ताडा हुँदै
परेलिमा मेरै छाया सजाउदैछौ किन