कविता : निर्दयी हातहरु

~मानबहादुर भण्डारी~

कोपिलामै झर्दछन् कैयौं फूलहरू फूल्न नपाई
किन निमोठिन्छन् ती निर्दयीका हातहरूले
लाग्छ मलाई यहाँ ठूलो षडयन्त्र छ

तड्पाउनु उसको नीति हो–त्यसैले ऊ निर्दयी छ
राम्रो बस्तु देख्यो कि उसलाई बिगार्ने वानी छ
मुस्कुराउँदो नव लालीदेखि उसलाई डाहा लाग्छ।

ठूलो अह्म छ उसलाई संसार राम्रो लाग्दैन उसलाई
लोभी आँाहरू खाली डाहा गर्दछन्–विक्षिप्त छ मन
लुम्लेको चिसो सिरेटोमा औडाहा छुट्छ उसलाई
पेसा नै आज उसको विध्वंस गर्नु
कसले चिन्ने उसलाई उ मने रोगी हो भनेर

५ पान्डव र कौरवबीचको भिन्नता के थाहा
ग्याङमा बस्ने बानी नै छैन एक्लै रमाउँछ
झाडीहरू फौडी उराठ उजाड बनाउँछ

गुमाएर आफ्नो सारा चेतना आज
लम्कँदैछ विनासको बाटोतिर
मित्र र शत्रुको ख्यालै नगरी समाप्तीतिर

(स्रोत : हाँक विक्ली – वर्ष २८, अंक १६ – २०६७ फागुन २५ गते, बुधबार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.