~मेनुका थापा~
अचानक कसैले सोधिदेओस्
बाँच्नुको अर्थ के हो ?
म भन्थेँ हुँला-
फूलमा सुवासको महक जे हो ।
अचानक कसैले सोधिदेओस्
प्रेमको तात्पर्य के हो ?
म भन्थेँ हुँला-
समुद्रको पानी टिपेर भाग्ने
ब्ाादल जे हो
ज्ाो गर्जन्छ र बर्सिन्छ धर्तीमै ।
अचानक कसैले सोधिदेओस्
आत्मा भनेको कस्तो ?
म भन्थेँ हुँला-
एउटा त्यस्तो तत्त्व
जो,
न्ा मनको वशमा रहन्छ,
न्ा दिमागको कुरा सुन्छ ।
अचानक कसैले सोधिदेओस्
तँ हिँड्ने बाटो के हो ?
म भन्थेँ हुँला-
जता पुगे पनि मैले टेक्ने माटो जे हो ।
अनि,
कसैले अचानक सोधिदेओस्
तैँले टेकेको धर्ती के हो ?
म भन्थेँ हुँला-
मलाई नै धर्ती टेकाउने मेरी आमा जे हो
तर,
बिन्ती मलाई, एउटा प्रश्न कसैले नगरोस्
तँ यो भीडभित्रको एक्लो मान्छेको होस् ।
प्रकाशित: श्रावण ५, २०७१
(स्रोत : नेपाल साप्ताहिक)