आउँदैछ प्रिया मिलन नजिक , के के सोँच्दैछ्यौ नढाँटी भन
गाली गर्छ्यौ कि माया अधिक ,के के सोँच्दैछ्यौ नढाँटी भन
उदासी तिम्रो हट्छ अवश्य , मेरो खुशी नि दुगुना हुन्छ
खुशीमा कसरी हौंला सरीक,के के सोँच्दैछ्यौ नढाँटी भन
देख्छु म तिम्रै मात्र झलक , देख्छ्यौ होला नि सपना मेरै
कुरा उर्लेका होलान् रसिक ,के के सोँच्दैछ्यौ नढाँटी भन
बाटो हेरेर हौली बसेकी ,त्यै माथि घरको डाँडामा उक्ली
प्रेमी युगल देख्दा पथिक ,के के सोँच्दैछ्यौ नढाँटी भन
(स्रोत : रचनाकारको फेसबुकबाट सभार )