~हीरारत्न श्रीशा~
विस्तारवादी सेना यहाँ पस्न थाले हजुर
हाम्रो भूमि लुट्दै यही बस्न थाले हजुर
संघीयतामा देश लगि टुक्रा पारी खान
विस्तारवादी गोला बारुद्ध खस्न थाले हजुर
नेपाली खुन पसिना चुसि टन्न फुल्लिएर
छाती खोल्दै हामीलाई नै डस्न थाले हजुर
यसै पनि सानो देशमा सत्तामाथि पौडी खेल्दै
महंगी र अशान्तिले कस्न थाले हजुर
आफ्नै स्वार्थमा रमाउँदै सबै दुना सोझ्याउँदै
फेरि पनि गरिबलाई धस्न थाले हजुर
मुखमा माड आङमा छैन लुगा जनता भोकै नाड्डै
बुद्धि विवेक विदेशकै घस्न थाले हजुर
–वाङ्ला–४, अर्घाखाँची
(स्रोत : हाँक विक्ली – वर्ष २८, अंक १८ – २०६७ चैत्र ०९ गते, बुधबार)