~हिरण्य भोजपुरे~
वनमा सर्लङ्ग रुख सुक्यो
नहुनु मायाले दिल दुख्यो
डढेलोले वन ध्ढेको
कसले देख्छ मन बलेको ।
लेउतीभित्रै लेउ जत्ति
पाइन मायाको भेउ कत्ति
धिपधिप धिपधिप दीप जलेको
कसले देख्छ मन बलेको ।
भाकूँ म कुन देउतीलाई
मागूँ त्यै मनकी एउटीलाई
दियोसँगै बतास चलेको
कसले देख्छ मन बलेको ।
रचनाकाल : २६ जेठ २०६१
स्वराङ्कन : १५ भदौ ३०
शब्द-सङ्गीत-स्वर : हिरण्य भोजपुरे
याल्बम : एक अँजुली घाम
(स्रोत : साहित्य संग्रहालय – याल्बम : एक अँजुली घाम )