~सरस्वती शर्मा ‘जिज्ञासु’~
यो देशको शान्ती खातिर मनै बरु हारी दिन्छु
उजाड देशको स्थितिमा सञ्जिवनी सारी दिन्छु
बिबादमा अल्झिएर देशलाई बन्दी नबनाउ
देशका बाधा ब्यबधान काडे तारले बारी दिन्छु
सबै दोश् मलाई देउ आनन्दमा रमाउ तिमी
देशको लागि मर्छु बरु आँफैलाई नारी दिन्छु
जनताको महानता पबित्त्रता बुझ्ने गर
अग्नी परिक्षामा आजै आँफैलाई खारी दिन्छु
देशको जित हुन्छ भने हारे पनि जिज्ञासुले
स्पन्धन्को उजाडलाई काली गङ्गा तारी दिन्छु
सरस्वती शर्मा जिज्ञासु
अध्यक्षः माधुरीसाहित्य प्रतिष्ठान
कुश्मा, पर्वत
(स्रोत : Simanapari)