~बासु श्रेष्ठ~
गाजल् वनी नयन भित्र बसुँ बसुँ लाग्छ
मोती दाना लहर भई खुलुँ खुलुँ लाग्छ
गाजल् बनी नयन भित्र…
वर्षा भई तिम्रो वदन भिजाउँ भिजाउँ लाग्छ
रिसाएर आगो भए रिझाउँ रिझाउँ लाग्छ
वर्षा भई तिम्रो वदन……
बादल भई केशभित्र लुकुँ लुकुँ लाग्छ
शीत बनी तिम्रो बदन चुमुँ चुमु लाग्छ
बादल भई केशभित्र……
पुस्तक बनाई तिमीलाई पढुँ पढुँ लाग्छ
आकाश भई तिम्रैलागी उठुँ उठुँ लाग्छ
पुस्तक बनाई तिमीलाई……
नदी भई किनारालाई छोउँ छोउँ लाग्छ
सागर तिमी त्यसभित्र कुदुँ कुदुँ लाग्छ
नदी भई किनारालाई……
नींद बनी त्यही नयनभित्र बसुँ लाग्छ
नयन खोले दिलभित्र पसुँ पसुँ लाग्छ
नींद बनी त्यही नयनभित्र…
तिम्रो माया मायालु म बनुँ बनुँ लाग्छ
माया गर्छु तिमीलाई भनुँ भनुँ लाग्छ
तिम्रो माया मायालु म बनुँ बनुँ लाग्छ
माया गर्छु तिमीलाई भनुँ भनुँ लाग्छ
उड़ब्रिज, भर्जिनीया
(स्रोत : Khasskhass)