शब्द शब्द अकाल तर लेखिएँ फेरि
रुन्चे सस्तो भावना बिच चेपिएँ फेरि
वाहियात भो त्याग तैंले कठिन मेलो
आफूबाट आफू नै हरे ! हेपिएँ फेरि
जब हावा जोडले चल्छ खसाल्छ फूल
हो हो त्यस्तै हजार पल्ट झेकिएँ फेरि
यथार्थ नै सबैले मेरो बुझेको जाती
डगमग पाइला कसो ! टेकिएँ फेरि
क्षितिजको घामले साँझ के नाप्न पोल्थ्यो !(?)
जानेबेला बिदाइ हात छेकिएँ फेरि
उत्साहको रापले हुन्छ बिहानी अर्को
म आएमा हर्षैले भन्छु देखिएँ फेरि
(स्रोत : रचनाकारको फेसबुकबाट सभार )