~धर्मोगत शर्मा “तुफान”~
कराउन त कराउँछन् नै भोका र बेकार यहाँ
हालेर तेल कानमा तर सुतेको छ सरकार यहाँ
गरिरहेछन् लुछालुछा हेर मानिस खाने गिद्धहरु
बस्ती–बस्ती गाउँ–गाउँमा यो कस्तो हाहाकार यहाँ
यस फूलबारीमा हुर्कनै पाएनन् हेर फूलका विरूरुवाहरु
फाँड्नु छ वरिपरिका यी सब बिषालु झार यहाँ
चिनेर वर्गीय दुश्मनलाई अब त आऊ सबै भिडौं
दबिएर बस्यौं सधै भने के रह्यो र जीवनको सार यहाँ
विजयको विश्वास बोकी संघर्षको हुँकार गरौं
इतिहास साक्षी खडा छ हुँदैन जनताको हार यहाँ
(०४२ सालमा प्रकाशित गजल संग्रह–तुफानका गजलहरुबाट)