~मानबहादुर भण्डारी~
ओजस्वी क्रान्तिकारी सक्रिय तिम्रो जीवनलाई
म गर्दछु अन्तरहृदयदेखि लाल सलाम !
कहिल्यै झुकाएनौं उच्च शीर, लत्रिएनौं अप्ठ्यारामा पनि
लिएर तिम्रो गौरवगाथाबाट अनुभव अब म बढ्छु
श्रीपेज बनाई सजाउँछु आफ्नो शीर अनि
षडयन्त्रका विरूद्ध लडिरहन्छु निरन्तर, बनेर अविचल
ठूला भनाउँदा आदर्शवादीका नौजाल चिर्न
लोभीपापी, शोषकका भ्रमजाल चिर्न
लुम्पेकका भुमीमा तिम्रो त्यो विरता
पेरूको जनक्रान्तिको सम्झना दिलाउँछ
कम्युनिस्ट विचारलाई हृदयमा सजाई
पहाड, हिमाल अनि तराईमा सल्बलाउँछ
चलायमान वर्गसंघर्षको अग्नीशिखर बनेर
खोज अनुसन्धानमै समर्पण गर्यौं
सारा जीवन लिस्नेका लेकमा तिम्रो निमन्त्रणा छ
यात्राहरूमा तिम्रो दर्बिलो साथ छ
गुल्मीको एक नक्षेत्र तिमी नथाकी अघि बढ साथी
मिल्नु है साथी हरेक क्षण वर्गीय प्रेम अगाध छ।
(स्रोत : हाँक विक्ली – वर्ष २८, अंक १३ – २०६७ फागुन ४ गते, बुधबार)