~मीनबहादुर राना~
देख्नेहरू नै यहाँ बोल्न डराउँछन्
नदेख्नेहरू यहाँ विना मेसै कराउँछन्
समानता ल्याउने कुरा जालझेल हुन्छ
हप्की र दप्की गरेको मन पराउँछन्
आफ्नो कोही अर्का कोही छुट्टाउनु छैन
केही सिकाउन खोज्नेलाई उल्लु गराउँछन्
उन्नति र प्रगतिका काम गर्न छाडि
अर्कालाई खसाल्नलाई दिमाग लडाउँछन
समानताको लागि “युद्ध” लड्यौं भन्नेले नै
प्रभु !! भन्दै फटाहालाई विन्ति चढाउँछन्
आत्तिदैनन् असल मान्छे यस्तो चालादेखि
धैर्य साथ संसारलाई पाठ पढाउँछन्
बुटवल
(स्रोत : हाँक विक्ली – वर्ष २८, अंक २० – २०६७ चैत्र २३ गते, बुधबार)