~विश्व बल्लभ~
धेरै दिन भो तिम्रो झझल्को
यो मनमा आउन छोडिगो
कतै तिमीले माया मार्यौ कि
मलाई साँचै नै भुलिदियौ कि
पिरती यो जिन्दगीमा केबल तिमीसँग
दुई मुटुको ढुकढुकी एउटै थियो रंग
भेट नहँदा मसँग सोध्ने मेरो बानी भो
यो आँखाले त्यो आँखालाई नहेरेको धेरै भो
नखोजेको हैन मैले बिर्सनलाई तिमी
एक अर्काको बसमा छैनौँ किन होला हामी
तिमीले दिएको फोटो अब मेरो साथी भो
जिन्दगीमा तिम्रो याद मात्र अब बाँकी भो
शब्द – विश्व बल्लभ
संगित – शम्भुजित बाँस्कोटा
स्वर – अमर तण्डुकार