~बाबु लामा~
देउरालीलाई साची राखी लायको माया चौतारीमा बसि छुट्टायौ
देवि देवता भाकी खाएको कसम भञ्ज्याङ्मा पुगि छुट्टायौ
ए स्वार्थी मायालु सन्सारबाट बिदा लिने मलाई बनायौ
जङ्घार तर्दा खेरी हातेमालो गरि सङ्गै तरौ भन्थेउ
जीउँदै जादा आउने दुख सुख सङ्गै बाडयौ भन्थेउ
तर आज कस्को पछि लाग्यौ विचैमा मलाई छोडयौ
जिउनु न मर्नु पारी दियौ सारा ब्याथा खनायौ
उकाली ओराली हिंड्दा टेक्ने लौरो बन्नु पर्छ भन्थेउ
जिन्दगीमा आउने जाने हासो रोदन सबै बाडयौ भन्थेउ
तर आज कसरी भुल्न पुग्यौ बोलेको वचन तोडयौ
मर्नु न बाच्नु छोडि दियौ सारा नाता तोडयौ
बाबु लामा
भानु ८ तनहुँ तुर्लङ्ग”कोट”
हाल मलेशिया
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )