कथा : कोहि बचिरहे छ !

~संगीता भट्टराई~

म सधै झैं आज पनि उसै टाइममा अफिस पुग्ये, अफिसमा प्राय सबै जना आइसक्नु भएको थियो, तर मैले जसलाइ खोजेको थिए उनि लाइ देखिन, सधै भन्दा अगाडी अफिस आउने आज किन आइनन मेरो मनमा खुल्दुली भयो । हाम्रो अफिसको रौनक थिइन् उनि ! किनकि उनि बिना हाम्रो अफिसमा सन्नाटा छाउथ्यो, हामी अफिसमा १५ जना स्टाफ थियौ केटा ९ जना र केटि ६ जना केटीहरुमा सबैभन्दा जुनियर स्टाफ म नै थिए म भन्दा माथ्लो पोस्ट कि थिइन दिया जसलाई ऐले मैले खोजिरहेको थिए, गहुँ गोरो वर्णकि पातलो छरितो ज्यान , चम्किला आखाँ थियो उनको । देख्दा धेरै राम्री पनि होइन अनि ज्यादा नराम्रि पनी होइन उनको ठिक्कको सौन्दर्य थियो । तर मलाइ उनका हरेक कुरा मन पर्थ्यो सबैभन्दा बढी उनका चन्चले बोलेर नथाक्ने बानि । साएद अफिसका सबैलाई उनको यही बानि मनपर्थ्यो। सब कुरालाई सहजताको साथ लिन सक्ने उनको बानि, अनि सधैंको उनको हसिलो अनुहार ।

म कहिलेकाही त डाह गर्थे उनको जीवनको। तर उनि कसैको मतलब गर्दैन थिइन् । उनलाई सबैको सम्मान गर्न आउथ्यो, सबै संग दिल खोलेर कुरा गर्थिन उनि मानौ उनको हृदयको प्रत्येक पाना हाम्रोलागी खोल्दिएकी छिन् । उनको यो गुण संगै अफिसको कामको पनि खुबी थियो त्यसैले त उनि सबैको प्रिय थिइन्। मैले त अझ उनको टाइटल नाम पनि राखिदिएकी थिए चकलेट मिस भनेर, हुन पनि उनि चकलेट जस्तै थिइन् मुलायम जो संगपनी छिटै घुलमिल हुन सक्थिन ।कैले कैले उनीसंग प्रश्न गर्थे म मिस कोइ एति धेरै खुशी कसरि हुन सक्छ ? खै किन उनि हासेर जवाफ दिन्थिन ‘वास्तविकता चाहे जे होस् तर खुशी हुन नछोड किनकि यो दुनिया स्वार्थी छ तिमि आजको जमानामा आफ्नो दुख देखाउ दुनिया उल्टो हास्छ,’ तिमि जे अरु लाइ दिन्छौ बदलामा त्यहि पाउछौ !! सधै म अक्क न बक्क पर्थे उनको कुरा सुनेर अनि हास्दै जबाफ दिन्थे please stop it your lecture,,, म मा उनको यो कुरा बुझ्न सक्ने दिमागनै थिएन ।

अफिसका सबैसंग उनको राम्रो सम्बन्ध थियो तर म संग उनि धेरै नजिक थिइन् । अफिसको काममा बाहिर जना परेपनि उनि र म नै जाने गर्थ्यौ सधैं। कहिलेकाही अफिसमा साथीहरु बीच ब्वायफ्रेन्ड को कुरा चल्दा उनि हास्दै भन्थिन मेरो त teen age मै एउटा थियो ऐले सम्म उसैलाई मन परौछु भन्दै हास्थिन । म भन्थे teen age बेलाको माया पनि माया होर त्यो त सिर्फ आकर्षण हो, प्रतित्युत्तर मा उनि आफ्ना मिलेका दाँत देखाएर हास्दै भन्थिन सबैको सोच तिम्रो जस्तै त हुन्न नि ! मलाइ थाहा थिएन उनको कुरामा कति सत्यता थियो तर म पनि उनकै हसोंमा मिसिन्थ्ये ।उनि बिना त हासों नै अधुरो लाग्थ्यो मलाई त्यसैले आज खुल्दुली भयो सधैं टाइम मा आउने उनि आज आएकी थिइनन् मैले फोन गरे उनले भनिन् म बाहिर अफिसकै काम गर्दै छु सर ले फोन गर्नुभाको थ्यो यताको काम सकाएर आउ भनेर म 30 मि. आइपुग्छु । आफ्नै सुरमा काम गर्दै थिए फोन आयो अफिसको फोन होला भनेर मैलेनै रिसिभ गरे दिया मिसको आवाज थियो मन्जरी तिमि हस्पिटल आउन भनिन् मैले आतिदै सोधे के भयो भनेर सानो एक्सिडेन्ट भयो मेरो, सरलाई भनेर तिमि हस्पिटल आउ पिल्ज ! सरले पनि मलाइ जाउ भन्नु भयो म तुफान हस्पिटल पुगे सामान्य चोट थियो तर उनि आत्तेकी थिइन् म जाने बित्तिकै अँगालो हालेर रुन पो थालिन मैले सामान्य हुन खोज्दै पिर नलिन भने l मैले घरमा फोन गर्दिन्छु भन्दा उनले घरमा ममीले चिन्ता लिनुहुन्छ फोन नगर्ने भनिन्, तर दाइलाई भने उनैले फोन गरिन्। दियालाई मेरोमा जाउ भने तर दियाको दाईले हुन देउ ऐले बिरामी छ मेरो भोलि अफिस छुटी छ म संगै हुन्छु खयाल गर्ने पिर नगर भन्नुभयो । पानि परिरहेको थियो बाइक मा रेनकोट ले बल्लतल्ल धान्यो दुइ जनालाई उनको झोलामा ल्यापटप र अफिसका कागजहरु भएकाले मलाइ तिम्रोमा लैजाउ मा अफिस को बिलहरु छ साथै मेरा केही महत्वपुर्ण समान पनि भोलि पक्कै तिमि मेरोमा औछ्यौ होला आउदा लिएर आउ भनिन् l मैले पनि नाइनास्ती गरिन किनकि पानि बेजोड संग परिरहेको थियो, तर मेरो घर नजिक भएकाले मेरोमा लगे । घर पुग्दा त मपनि भिजेकी थिए दिया मिसको झोला पनि भिजेको रैछ छाता त थियो तैपनि भिजेछ । भित्रको समान पनि भिज्योहोला भनेर हतार हतार झोला खोले अलिअलि भन्दा भिजेको त रैनछ l सबै समान निकालेर सुकाउन राखिदिए।सामान निकाल्दै जादा मेरो हातमा एउटा डायरी आयो बाहिर पट्टि ‘पर्खाई’ लेखिएको थियो यो अक्षर दियाकै थियो मलाइ किन किन त्यो पढ्ने इच्छा भयो थोरै त त्यो पनि भिजेछ तर मैले यसलाई पुछेर पढ्न लागे मलाइ थाहा थियो कसैको डायरी एत्तिकै हेर्नु हुन्न भन्ने तर मलाइ उनको डायरीको अगाडिको एक शब्दले नै आकर्षित गरेको थियो । फस्ट पन्ना मा रुन लागेका आखाँ को सुन्दर तस्बिर कोरिएको थियो । उनको जस्तै चम्किला आखाँ तर बलिन्द्र आँशु थिए त्यसमा…दोश्रो पन्ना पल्टाए लेखेको थियो ‘मैले भोगेको जीवन’ मलाइ पुरै पढ्ने अब त झन् इच्छा भयो पढ्न लाइ अनि पढ्न थाले…

“समय आफ्नै गतिमा चलिरहेको छ मेरो रफ्तार मेरो जिन्दगीको तेहि समय को पछी पछि बेसुर अनि बेताल मा एककोहोरो चलिरहेको जस्तो लागिरहेछ । तैपनि मेरो होश गुमेको छैन, त्यही भएर होला मन भित्र गुम्सीएका तितामिठा अनि सत्य यथार्थ हरु चलचित्र को पर्दा जस्तै एक पछी अर्को गर्दै मेरो मन को पर्दा मा एका एक आउछन् । म थाम्न सक्दिन यो अतभुत शक्ति तर मेरो मनले नकार्न पनि सक्दैन, पीडाका अश्रुहरु अनायास झर्छ आखाँ बाट !

”रंगिन सपना को छहारी थियो तेहि छ्हारी को एक छेउमा म थिए मैले पनि बुन्ने गर्थे मेरो जिन्दगी का सपनाहरु पढेर केहि गर्नुपछ मैले। आफ्नो खुट्टामा आफै उभिनु पर्छ समाज मा राम्रो मान्छे बन्नु पर्छ। म कल्पना को संसार मा हराउँथे। तर आज म यी सब बाट टाढा हुन चाहन्छु, म मेरा सब सपना भुलेर आज मात्र कसैबाट थोरै मेरोलागि माया पाउन चाहन्छु तर वास्तविकता मा पाउछु म र मेरा तिनै अपुर सपना ! अनि अनायासै विगत मेरा आखाँ आगाडी आइदिन्छ । हो कति मिठा छन् ति यादहरु जुन आज जुनुन बनेर छाएको छ, हुन त मैले जीवनमा एती धेरै गल्ति गरेको छु कि साहेदै कसैले माफ गर्न सक्छ तैपनि माफ पाउने झिनो आसामा म आजसम्म पर्खिएर बसेको छु, मैले कसैको दिल दुखाएको छु, भन्छन सबैको जीवनमा मिठा नमिठा मोड अवश्य आउछन रे तर मेरो जीवनमा त यो सब आफै आएन मेरो कारणले आएको हो, बितेका सकारात्मक कुराहरु सम्झिन्दा केहि बेर मन त हल्का त हुन्छ, तर त्यस यादले छोडे पछि मुटुमा पिडा झन बढ्डो रहेछ । आज पनि मलाई याद छ, त्यो हाम्रो मिलनका पहिलो दिन । म भर्खरै कक्षा १२ उक्लेकी थिए, हाम्रो गाउले परम्परा अनुसार अब मेरो बिहे गर्ने समय भएको थियो । समय मात्र के मेरो बिहेको कुरा पनि चलिसकेको थियो । म भर्खर १८ वर्ष कि भएकी थिए मलाई विवाहको परिभाषा पनि राम्रो आउन्न थियो, भनौ भने । तर याहाँ सबै मलाई दुलाही बनाउन लागिपरेका थिए । मेरो विवाह गर्ने थोरै पनि इच्छा थिएन साथै परिवार को कुरा नकार्ने म मा अलिकति पनि हिम्मत थिएन ।

केटा राम्रो खानदान विदेशमा बसेपनि आजसम्म आफ्नो परिवारको मुताविक चल्ने भलादमि भएकाले परिवार का सबैले केटालाई न देख्दैमा मन पराएका थिए। उनीहरुकै फैसला अनुसार केटा संग मैले भेट गर्नुपर्ने भयो…..बिडम्बना यो छ कि कसैले मालाई एक बचन पनि सोध्न जरुरी संझेन कि तिम्रो के इच्छा छ भनेर l मललाई हेर्न भनेर उहांहरु हाम्रै घर मा आउनुभएको थियो l हामि दुई लाइ मात्र एक अर्काको बारेमा बुझ्न भनेर एक कोठामा राखियो तर मेरो मन डरले कापिरहेको थियो यस अघि म एती धेरै कहिले पनि डराएकी थिइन पहिलो पटक भेट भएर होला उहाँलाई पनि मनमा कता कता कौतुहल अनि अलि डर भैरहेको अनुभब गर्दै थिए म । आज भन्दा पहिले उहाँले पनि त कहिले देख्नु भाको थिएन नि ! सौगातले मलाइ तिम्रो के इच्छा छ भन्दा पो झसङ्ग भएछु । मैले केहि नाइनास्ती गर्न सकिन अनि प्रतिउत्तर मा मैले भने बुवा मम्मी ले जे भन्नु हुन्छ म त्यही गर्ने हो भने l उहाँहरुलाई थाह थियो कि मेरो बुवामम्मी ले नाइँ भन्नु हुन्न भनेर । मेरो यो फैसला उनीहरुलाई सकारात्मक लागेछ, अर्को वर्ष बिहे गर्ने निर्णय भयो किनकि केटा यानेकि सौगात विदेश मा बस्ने हुनाले उहाँको विदाको समय सकिएको थियो रे अब अर्को वर्ष मात्र विदामा आउन मिल्थियो अरे । म अर्को वर्ष भनेपछि सारै खुशी भए किनकि मलाइ एक वर्ष अझै फ्री थियो । तर दुवै पक्ष बाट अर्को वर्ष बिहे गर्ने पक्का भएको थियो, बीच मा निर्णय नाइनास्ती भयो भने कुरा मिलाएका आफन्त संग नाता टुट्ने बचन का साथ ।

गहुँगोरो वर्णको, दोहोरो ज्यान परेको, अग्लो, मोटे मोटे, छोटो कपाल, मिलेका दाँत, निश्चल व्यतित्व साच्चै सौगात जी एक आकर्षक व्यक्तित्व हुनुहुन्थ्यो । जब सौगात जी संग मेरो कुरा भएको थियो…उहाँले मेरो नम्बर पनिलग्नु भएको थियो । उहाँले म कल गर्छु बेलुका भन्नुभयो मैले केहि भनिन। हो सौगात जी सबैको नजरमा अनि मेरो नजरमा पनि एक धेरै इमान्दारी हुनुभएको थियो तैपनि मलाइ खै के मा चित्त बुझेको थिएन ।तर कसैलाई पनि खुलेर बताउन सकेकी थिइन । अघिल्लो दिन मात्र कलेजमा सथिहरुसंग व्याचलर नसकी बिहे नगर्ने भनि सुनाएको थिए । सबैले हेरौला भनेका थिए…साथीहरु लाइ भनेकोको कुरा पुरा नहुने भयो भन्ने मनमनै चिन्ता थियो, कतै उनीहरुले थाहा पाउने पो होकी भन्ने एक अलगै प्रकारको डर मनमा थियो। एक्लै बसेर आफ्नो मन शान्त नहुन्जेल सम्म रोइरहे । मलाइ परिवारका सबै देखि रिस उठेको थियो तर के गर्ने म छोरी थिए त्यो पनि गाउको एक ब्राम्हण परिवार कि l कसरि नकार्न सक्थे यी सब। म लाचार भए ।

जब बेलुका भयो खाना खाएर रूममा के मात्रै गएकी थिए नयाँ नम्बर बाट फोन आयो, पक्का त थिएन तैपनि कतै सौगात जी ले गर्नुभएको त हैन भन्ने मनमा लग्यो । फोन उठाए, मैले हेलो नभन्दै उता बाट आवाज आयो नानु मा सौगात चिन्यौ ? मैले हजुर नमस्ते भने…उता बाट funny पारामा oh no yar no nameste, म त अब तिमीलाई दिनौ फोन गर्छु दिनौ के दिनको 2/4 चोटी सधैं नमस्ते भन्छौ ?? मेरो उहाँ संग कुरा गर्ने केहि कुरा थिएन अनि बहाना बनाउदै भने मेरो एक्जाम नजिक आइरको छ म पछि कल गर्छु है भनेर फोन राखे l अनि ओछ्यान मा पल्टे निदाउन कोसिस गरे तर निन्द्रा लागेन एउटा मात्र डर थियो मनमा कतै साथीहरु ले थाहा नपाउन । म येत्ति धेरै घमण्डी थिएकी आफ्नो कुरा साबित गर्न जे पनि गर्न सक्थे तर आज मैले हारेको थिए अनि त कसरि साहना सक्थे र यो पिडा सोच्दा सोच्दै आखाँ बाट फेरी बलिन्द्र आशु झर्नलागे, पछी थाहै नपाइ खै कतिखेर निदाएछु ।

आज भोलि गर्दागर्दै सौगात जी संग लगातार फोन हुन थाल्यो, धेरै समयसम्म त फोन हुन्नथ्यो, तैपनि दिनको एक चोटी गफ अनिवार्य हुन्थ्यो l सकेसम्म फोन नउठाउने प्रयास गर्थ्ये तर के गर्ने जसरि पनि उठाउनु पर्ने वाध्यता थियो, किनकि घरको ले फोनको घन्टी बजेपछि किन नउठाएकी भन्नुहुन्थ्यो । कहिले त साइलेन्ट मा राख्थे। घरको सबैभन्दा बदमास बच्चा मा गनिथ्ये म, मम्मी ले सधै भन्नु हुन्थ्यो अब त तेरो बिहेको कुरा पनि पक्का भैसक्यो अब त यो हर्कत छाड दे । मललाई यो कुरा पटक्कै मन्जूर हुन्नथ्यो, अनि गहभरी आँसु जम्मा हुन थाल्थे ।अनि मम्मी कै काख मा रोइदिन्थ्ये, अनि मम्मी को अनुहारमा हेर्थ्ये मेरो भन्दा धेरै आँसु क धारा हुन्थ्ये उनको आखाँमा, अनि मलाइ दिलासा दिदै भन्नु हुन्थ्यो, हेर हामि छोरी भएर जन्मेको नै अर्काको घरमा जानलाई हो, तिमि त १८ वर्ष कि भयौ अबत त जस्तो परिस्थिति मा पनि लड़न सक्छ्यौ, थाहा छ मेरो विबाह त ९ वर्ष मा भएको । धन्न मेरी आमा मलाइ मेरी मम्मी को बिहेको कल्पना गर्दा नै डरलाग्थ्यो। हो मलाइ पनि सौगात जी धेरै राम्रो लाग्नुहुन्थ्यो तर सौगात र मेरो धेरै चाडो भेट भएको थियो ।

म मम्मिकै काखमा थिए सौगात जी ले फोन गर्नुभयो, भन्नुभयो रोजी मा भोलि दुवई जादै छु, विहान को फ्लाईट छ, म अर्को साल लिन आउछु है फुच्चुलाई भन्नु भयो, उहाँले एसो भन्दा खै किन किन मन खिन्न भयो मैले पुगेर फोन गर्नु है भने । रातभर निन्द्रा लागेन…मोबाइल मा गीत सुन्दै थिए,साह्रै निरासाजनक गीत मात्र थिए ।अनि एउटा गीत बज्यो खै के मोड चल्यो मैले यसलाई रिंग ब्याक टोन मा राखे गीत थियो ‘तुमने चाहे जो कहना मेने सुन्लिया, मेने सुन्लिया सनम तुझको अपना साथि मेने चुनलिया सनम’ सौगात जी ले दुबई पुगेपछि फोन गर्नुभयो अनि मेरो यस गीत सुनेर हास्नुभयो । भन्नुभयो यति छिट्टै क्रेजी नबन है, म पनि फोन मै हाँसे । त्यसरी हामीबीच अब धेरै कुरा भैसकेको थियो, जब सौगात जी फ्री हुनुहुन्थ्यो तब मलाइ कल गर्नुहुन्थ्यो l उहाँको महिना मा १५ दिन डे अनि १५ दिन नाइट मा हुन्थ्यो अफिस जब नाइट मा काम गर्नुहुन्थ्यो मैले पनि उहाँलाई साथ दिनुपर्थ्यो । रात को 12/1 बजे फोन गर्नुहुन्थ्यो कैले कैले त नचाहादा नचाहदै पनि उठाउनु पर्थ्यो ।म भन्दा ६/७ वर्ष बढी भएकाले उहाँलाइ जीवनको बारेमा धेरै ज्ञान थियो । जव उहाँ ले फोन गर्नुहुन्थ्यो पहिला उठाउनै मन नभाको उहाँसंग बोल्न थाले पछि एती मुग्ध हुन्थ्ये नि म आफै छक्क पर्थ्ये, । दिनहरु बित्दै गए अनि म र सौगात एक अर्कासंग पहिलाभन्दा नजिक भएका थियौ l एक दिन मेरो साथि भाको बेलामा नै उहाँको फोन आयो मैले नम्बर मा नाम राखेकी थिइन किनकि कसैले थाहा नपओस भनेर मैले फोन इग्नोर गरे तैपनि उसले थाहा पाई अनि कसको फोन भनेर सोधी मैले भने कुरा लुकाउदै भने हेर्न एउटा नम्बर बाट सधैं फोन आउछ मैले चिनेको छैन भन्दा पनि सधै कल आउछ अनि आजकल त मैले उठाउनै छाडिसके ,हुन पनि आज सौगात जीले नया नम्बर बाटनै कल गर्नु भएको थियो मलाइ उहाकै भन्ने पक्का पनि थियो किनकि यो विदेश कै नम्बर थियो….। म हर हालमा मा चाहन्थे कि उसले मेरो सौगात जी संग बिहे हुन लागेको थाहा नपाओस भनेर । त्यो दिन त मैले झूट बोलेको थिए…तैपनि म खुशी थिए। तर एक दिन भगवान जाने उसले कहाँबाट थाहा पाइछे उसले म संग सौगात जी को बारेमा सोधी मैले थाहा नभाको जस्तै गरि को सौगात भनेर सोधे ?

उ मेरो सबै भन्दा मिल्ने साथि थी आजसम्म मैले उसंग लाईफ को केहिपनि लुकाएको थिइन तर आज म कत्ति सजिलै झूट बोल्न सक्ने भए थिए….उसंग ! उसले शान्त हुदै उसले सुनेको सब कुरा बताई खै उसलाई कहाँ बाट थाह भयो सौगात जी संग मेरो बिहे अरे अर्को साल गर्ने अरे जस्ता धेरै ! उहाँको बारेमा मेरो भन्दा बढी उसले मलाइ बताई दुबई मा बस्ने उतै जब गर्ने …मैले उसको सब कुरा सुनिरहे…मानौ मैले सौगात जी को बारेमा केहि थाहा नपाको जसरि l उसले भनि सौगात नराम्रो मान्छे त होइन तर तिमि पनि ऐले सानै छौ बिहेको उमेर भएको छैन । मैले ज्ञानी बच्चा जस्तै फेरी झूट बोले थाहानै छैन मलाइ सौगात को बारेमा, यो सब झूट हो तर मलाइ एउटा नम्बर बाट सधै फोन आउछ उसले मलाइ चिनेको छरे, तर मैले चिनेको छैन, उसले नम्बर हेरी यो दुबई कै नम्बर हो । मेरो दुर्भाग्य भन्ने वा के उतिनै बेला सौगात जीले फोन गर्नुभयो । उसले आज मा फोन रिसिभ गर्छु पक्का यो सौगात नै हो…भनि म आत्तिए अनि भने हैन छाड्दे न नचिनेको फोन नै नउठाउदा भैगयो नि किन बोल्नुपर्यो त तलाई ? उसले भनि म को रैछ बुझ्छु भनेर फोन उठाई सुरुमै तपाइँ को बोल्नुभाको बनेर सोधी सायद त्यही भएर होला सौगात जीले फोन कट गर्नुभयो, तर फेरि फोन आयो मैले उसलाई उठाउन नदिई आफै फोन उठाए उसलाई सुनाउन भएपनि मैले नचिनेको नाटक गर्दै तपाइँ को बोल्नुभएको मलाइ डिस्टर्ब नगर्नु, सौगात भन्ने मान्छे लाइ मलाइ फोन नगर्न भन्दिनु भनेर फोन राखे l मलाई त्यतिबेला मतलब भएन मैले सौगताजी लाइ के भने भनेर त्यसै दिन बेलुका एक अर्को नया नम्बर बाट फोन आयो मैले फोन रिसिभ गरे तर कोइ बोलेको आवाज सुनिन नम्बर दुबई कै थियो तर अर्कै टाइपको 2/3 फेर फोन आयो कोइ नबोलेपछि मैले दाइलाई बोल्न दिए उताबाट कोइ नबोलेपछि दाइले यो नम्बरमा कल गर्ने हैन भन्नु भएको थियो ।

जब बेलुका भयो म नजानिदो पपारामा उहाँको फोन को प्रतिक्षा गरिरहेको थिए l तर उहाँले फोन गर्नुभएन भर्खर मलाई दिउसो को कुराको थोरै रियलाइज हुन लाग्यो l मैले उहाँको दिल दुखाएको भर्खर महसुश गरे मेरो पनि उहाँलाई फोन गर्ने हिम्मत भएन । म आफ्नो कुरा लुकाउन म एति धेरै झूट बोल्छु जस्तो लागेको थिएन मलाइ तर मैले जे नगर्न पर्ने थ्यो त्यो त गरिसकेकी थिए तैपनि आफैलाई दिलासा दिए कि भोलि त पक्का फोन गर्नुहुन्छ भनेर तर भोलि पर्सि गर्दै हप्तौ उहाँले फोन गर्नु भएन । तर मेरा आस मरेको थिएन आज बल्ल थाहा पाए कि मैले नजानिदो प्रमा सौगातजी लाइ माया गर्न थालेकी थिए l अक्सर कता कता भौतारिने मन चरा जस्तै भुर्‍र भुर्‍र उड्न खोज्दै थियो । लाग्छ मनमा नयाँ पखेटा पलाएका छन र मलाई उडाउन खोज्दै छन् त्यो माथीको फराकिलो आकाश तिर तर मलाइ के थाहा कल्पनामै उड्न खोज्दा खोज्दै म एक्लो भैसकेको थिए l हिम्मत त थिएन म संग फोन गरेर साचो कुरा बताउने तर उहाँको फोनको बेजोड संग प्रतिक्षा गरिरहेको थिए l मललाई लग्यो उसदिन बेलुका पनि सौगतजी ले नै फोन गर्नु भएको रहेछ क्यार, मैले धेरै गल्ति गरेको अनुभब गरे मैले कोहि निर्दोष को अपमान गरेको थिए आफ्नो झूट लाइ साँचो साबित गर्न। अबत मलाइ 100% विश्वास भएको थियो कि सौगात जीले फोन गर्नुहुन्न भन्ने…तैपनि मनको कुनै कुनामा अर्को साल लिन आउछु नि फुच्चुलाई भन्ने आवाज गुन्जिरहेको थियो ।

यसै गरि महिनौ अनि वर्षौ बिते म अझै उहाँको फोनको पर्खाइमा थिए तर मेरा पर्खाई सिर्फ शुन्यतामा बिलाएका थए । एकदिन थोरै हिम्मत जुटाएर मैले उहाँलाई कल गरेकी थिए तर फोन रिसिभ भएन मैले नयाँ नम्बर बाट गरेकी थिए किनकि मलाइ डरलागेको थियो पुरानो बाट कल गर्दा उठाउनु हुन्न भन्ने । फोन उठेन सोचे व्यस्त हुनुहुन्छ भनेर, केहि बेर पछि उताबाट फोन आयो मैले उहाँले को बोलेको भन्नु भयो मैले खै किन सौगात जी लाइ ढाँटनै सकिन म दिया बोलेको बनेको मात्रै के भनेकी थए उहाँले फोन काट्नु भयो ।मलाइ सारै नराम्रो फिल भयो रात भरि सुत्ने सकिन आज फेरि मैले आफ्ना पुराना दिन सम्झे मैले रात भर गरेका गफ कति मिठा थिए…समझदा सम्झदै मेरा गालाहरु भिजिसकेका थिए । मैले उहाँलाई धेरै पल्ट साँचो कुरा सुनाउन खोजे तर उहाँ मेरो कुरा सुने चाहनु हुन्नथ्यो, मैले महशुस गरेकी थिए म धेरै माया गर्न लागेकी थिए उहाँलाई तर सम्झेर तड्पिनु सिवाय अरु केहि गर्न सक्दिन थे । आजकल त म सधैं आफ्नै सुरमा हुन्थे मललाई कसैको मतलब लाग्दैन थियो सिवाय सौगातको । मैले आफ्नो पढाई छाडेकी थिइन आफ्नो गाउको पढाई छाडेर मा काठमाडौँ सिर्फ सौगात को लागि आएको थिए, म पनि सौगात जस्तै अघि बढ्न चाहन्थे आफै नाम कमाउन चाहन्थे, र आज यो सब पुरा भएको छ तर पनि अपुरो ! हो सौगात जी मेरा ति सबै कुरा बद्लिसक्ये जुन बेला हजुर ले मालाइ देख्नुभएको थियो, त्यो कपडा अनि त्यहि सोझी दिया रहिन म मा अब त धेरै परिवर्तन भएको छु मात्र सकिन त यो मन परिबर्तन गर्न l

दुनिया भन्छ म जस्तो खुशी कोइ छैन अरे, म धेरै लक्की छु अरे हो म धेरै लक्की थिए हजुर जो पाएकी थिए तर दुनियालाई के थाहा मैले हजुर गुमाएको छु भन्ने त्यहि भएर यो आधा अपुरो कुरा गर्ने दुनियाबाट टाढा भाग्न मन लाग्छ, अनि आफ्नो झूट संग पनि..! जब साझमा एक्लै छत् मा जान्छु टाढा बाट जब प्लेन को आवाज आउछ अनि मेरो सौगात आउनुभयो भनेर खुशी हुन्छ l तर सधैं म निराश हुनुपर्थ्यो अनि मन् फेरी उस्तै निश्तब्ध !! मनको जमिनमा प्रेमको विज रोप्ने आफ्ना कल्पनालाई मूर्त रुप दिने आफ्नो चाहनाको आलिङ्गनमा बाँधेर स्विर्णम् संसारमा हराउने आंकाक्षा कसलाई पो नहोला र ? यथार्थ प्रेमका अभिव्यक्ति कानले होइन मनले सुन्छ त्यसैले बहिरो पनि हुन्छ, त्यसैले होला म अझै सौगातलाइ कुरिरहेछु, उहाँले त मलाइ भुलिसक्नु भयो मलाई थाहा छ केहि गरि कारणबस थाहा पाउनुभयो र उहाँ को प्रतिक्रिया नकारात्मक पाएँ भने म मा सहने क्षमता त छैन तर पनि “ उहाँसंग तपाइँले मलाई मन पराउनै पर्छ ” भनेर जर्वजस्ती गर्ने म मा सामथ्र्य पनि छैन l

कैले कैले प्रेमकै कुरा चल्दा सथिहरुकै सामु भन्ने गर्छु मेरो पनि १७/१८ को उमेर मा कसैसंग माया बसेको थियो तर मेरा साथीहरु हास्दै भन्दछन् “किशोर अवस्थाको प्रेम केवल आकर्षण हो” –तर मेरो फरक विचारधारा छ, किशोर अवस्थाको प्रेम जुन अटुट रुपमा जीवन्त बनेर जीवनभर गाँसिन सक्दछ। वासनाको आकर्षणमा लठ्ठिने त सायद सोच-बुझका वयस्क ज्ञाताहरू नै हुन्। किशोर अवस्थाको प्रेम अपरीपक्क होइन, यसलाई सफल तुल्याउने बाटोमात्र जटिल हो जसले मेरोजस्तै धेरैको जीवन सदाका लागि असफल तुल्याइदिन्छ । मैले मेरो र सौगातको सम्बन्धलाइ कहिल्यै पनि यो दृष्टिकोण ले हेरिन, अनायास हृदयमा प्रेमअंकुरण भएर आयो । यो प्रेम मेरो एकतर्फी थियो र यसले हृदयमा यस्तो छाप छोड्यो जो कहिल्यै पनि भुल्न सकिदैन । यो प्रेममा कुनै आग्रह छैन¸ कुनै लालसा छैन¸ कुनै चाहना छैन¸ कुनै कामना छैन । केवल प्रेम छ । एक झल्को देख्ने, एक बचन सुन्ने र एकछिन समीपमा रहने चाहना मात्र छ । हो आजकल प्रेममा अनेक उद्देश्य हुन्छन् । कोही घरजम गर्न प्रेम गर्छन् । कोही आत्मरती पूरा गर्न प्रेम गर्छन् । कोही समय काट्न प्रेम गर्छन् । मानिस केही न केही पाउन प्रेम गर्छन । तर मेरो मनमा उव्जेको प्रेममा कुनै कामना छैन¸ कुनै वासना छैन¸ कुनै चाहना छैन¸ कुनै स्वार्थ छैन । खासमा मैले सौगात जी संग प्रेम गरेकै होइन यो त अचानक आफै भएको हो । म आफै अचम्ममा परेको छु । यो प्रेम आफै भो । कसरी भो कसरी । अचम्म लागिरहेछ कति छिटो हाम्रो मिलन अनी बिछोड भयो यो सोच्दा मात्र पनि मन भारी भएर आउछ l

सायद हामी दुबैको जिन्दगीमा सुन्दर क्षण त्यही थियो होला, हर दिन अलि समय् हुने बितिकै मोबाईलमा घण्टौ सम्म बातचित हुन्थ्यो। तर अज अचानक के भयो। भयो मानौ हामी दुबै बिच कहिल्यै चिनजानै नभएको जस्तै, आज सौगातबाट टाढा रहँदा पनि हृदयको कुना-कुनामा उहाँ कै तस्बिर खोज्न थाल्छ । “तर आज समय र परिस्थितिले हामी दुबैलाई बिछोड र बियोगको जिन्दगी जिऊन बाध्य बनाई दियो । त्यस्तो सुखत मिलनका क्षनहरु सम्झि मन त हो नि तड्पिहाल्दो रहेछ। काहिलेकाहि उहाँ को यादमा, मिलनको आशमा, अनि अझ ‘सामिप्यता’पाउने बिश्वासमा। एउटा कहिल्ये पनि बिर्सन नसक्ने क्षण बनाई दियो। मलाई थाहा छ, उहाँको त्यो कोमल र निश्चल मनमा मेरो धमिलो छबि अझै बाकि छ होला । तर कति मजबूर, अनि बिबस छु म पनि उहाँको लागि केहि गर्न सकिरहेको छैन। मात्र तिम्रो पिडाको अनुभूति महशुस गर्ने सिवाय ! सायद बिछोडको घाऊले उहाँलाई पनि पिडा दियो होला, हरेक क्षण मेरा ति कठोर बचन सम्झि ‘कष्टप्रद’ मै जिउनुभयो होला, कहिले मलाई सम्झिएकान्तमा उहाँको मन रोयो पनि होला त्यसैले त होलामेरो मन पनि रुन्छ, बिस्तारै मुटुको धडकन बढ्छ, ओठ्कोकंपनले होला कतिबेला आँखाबाट आँसुका थोपा टपटप् बगी, डायरीको पाना भिझे पछिबल्ल थाहा पाउछु सबैसपना मात्रै रहेछ भन्ने । मलाइ थाहा छ उहाँलेले मनमा अब मेरो एक घृणित तस्बिर बनाइसक्नु भाको छ, खै किन उहाँले घृणा गर्नुहुन्छ भन्ने थाहा भएर पनि म थाकेकी थिइन म बाटो हेरिरहेकी थिए। धेरै कोष टाढा मेरा आँखा फिजिएका थिए र आज पनि हेरिरहेछु ।”

मैले उनको डायरी पढिसक्दा आखाँ बाट साउने भेल बगेको थियो l धन्य दिया मिस मैले एक अलग्गै छबि पाएकी थिए आज । उनका त्यो ओपन दिलमा पनि कोहि एस्तो संग लुकेको थियो कि कसैलाइ आभाष पनि हुन्नथ्यो l मेरा दिमागमा उनले अफिसमा बोल्ने ति प्रत्येक शब्द आए आज बल्ल थाहा पाए उनका हरेक कुरा सौगात संग जोडिएका हुन्थे ।मलाइ लग्यो यो दिया मिस को अमर प्रेम थियो तर अगाडी के हुन्छ केही पनि आइडिया थिएन, आज मेरो नजरमा दिया साच्चै दिया भईन् । म अबको उनीसंगको भेटमा कसरि फेस टु फेस गर्छु थाहा छैन मलाइ उनको अंगालोमा रुन मन लागेको छ, तिमि एती धेरै आदर्श नबन भनेर। जसरि पनि म उसकोमा त जानुनै थियो सामान्य हुदै गए उनि बेडमा सुतेकी थिइन् पछाडी फर्केर मैले दिया भने उनले केही असजिलो मान्दै मेरो अनुहारमा हेरिन उनि पुरै आँसुले भिजेकी थिइन् । मैले उनलाई अँगालो हाले अनि दुबैजना रोइरह्यौ रोइरह्यौ !!

(स्रोत : Nepal1Khabar)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.