~रमेश पोखरेल~
मुलुकलाई दक्षिणले जहिलै छेको हाल्छ
स्वच्छन्दले बग्ने पानी आफै थुन्न थाल्छ
हरेकवर्ष पानी थुन्नु उसको सद्भाव?भो
सिंगै गाउँ डुबाएको हेर्नु नियति भो।
पहिले बाँध्छ सीमानामा जबरजस्ती बाँध
जनविरोध भइरहँदा नि सरकार झक्छ काँध
टनकपुरमा छिमेकीको उसले इज्जत लुट्यो
हाक्का हाक्की मेरो देशको कालापानी लुट्यो।
वर्षैपिच्छे सीमानाको अतिक्रमण भा छ
व्यापार घाटा बढाईदिन निकासी रोक ला छ
ल्याउन चाहिं जति हुने उता लानै हुन्न
यस्तो उत्तम? छिमेकी चाहिं कहीं पाइदैन।
निर्वाध आउँछन् उताबाट हतियारधारी
निहत्थाको झटी गु48टा खोल्छन् सीमापारी
उताबाट आईरहन्छन् सवारीका साधन
यताबाट जान परे अनुमति माग्छन्।
ठूलो रूखको सेप लाग्छ भन्थे बुढापाका
थिचो मिचो गरी गरी मिलाइरहन्छ भाका
इराकलाई लुटि खाने ब्लेयर बुश जस्तै
बाहिर बाहिर लोकाचार छ भित्र ठ्याक्कै उस्तै।
तेलका लागि इराकमा गा छन् पुल्ठो झोस्न
तिमी आउलाउ कुनैदिन मेरो हिमाल खोस्न
चेलीबेटी उतै लान्छौ चोरहरू पाली
स्वाभिमानमा धावा बोल्छौ बेइमान रे छौ जाली।
गोर्खालीको रगतलाई अवमूल्यन गरे
खनिन्छौ भै अरिंगालको गोलो उस्तै परे
छिमेकमा सद्भावको संस्कार सिक मित्र
राख्न छोड लोकाचारको छुरा खल्तीभित्र।
(संस्कृति अंक ५बाट)
(स्रोत : हाँक विक्ली – वर्ष २८, अंक १८ – २०६७ चैत्र ०९ गते, बुधबार)