~लक्षीराम आचार्य ‘अविरल’~
एउटा सिउँडीको फुल्न खोजेको
कोपिला थियौं तिमी
निराहारतामा पनि रमाउने
रूखो चट्टान माथि
उभिएका थियौं तिमी
गोडमेल र मलजलको अनुभूति
कहिल्यै नपाउँदा पनि
दुर्लभ सजीव वनस्पति
भएर जोहो टारेकै थियौं तिमी
तर पनि तिम्रो आधार
आसनमा ज्वालामुखी, भूकम्प
सबै बर्सिरह्यो
वनमारै भए पनि दौतारिहरूका बीचमा
तिमीलाई अट्टाहास हुँदै जाँदा
तिम्रो त्यो चट्टानी बस्तीमा
धर्राहरू फाटेको देख्दा
सायद तिमी आफ्नो
आसन मै रहिरहन भर्खर
टुसाइरहेका काइनाहरूलाई
समेत जगेर्ना गर्न
चट्टानको उँचो वस्तिबाट
झर्न खोज्दै, समुन्द्री वस्तिमा
आफू सहित बचेराहरूलाई
चारो खोज्न भौतारियौं
तर अफसोच 164
तिमी त्यो तिम्रो आसनरूपी
चट्टान र बचेराहरूलाई
चारो खोज्दा–खोज्दै
आफै विलिन हुन पुग्यौं
फर्किएनौं तिमी एकाग्रताबाट
विर्सियौ आफूले सपना
बोकाएकाहरूलाई
विर्सियौ आफूले पार गर्दा व्यहोरेका बसन्तहरूलाई
छिचोलेउ तिम्रो आसनरूपी चट्टानी पर्खालहरूलाई
एकपटक भेट्ने शाहस पनि गरेनौं
तिम्रा सृष्टी महिमाहरूलाई
एकपटक उठाउने प्रण पनि गर्न सकेनौं
आजन्म उठाएका मुट्ठी र राता झन्डाहरूलाई
मात्रै सिमीत भयौं रे
इतिहासका पन्नाहरूमा
तर तिमी पराइ हुन सक्दैनौं
तिम्रा सृष्टिकर्ताहरूका मनमस्तिकमा
न त अस्ताउने नै छौं त्यो सिउँडीको
चट्टानी वस्ति इतिहासमा
किन कि, तिम्रो सर्वस्व नै त्यही लुकेको छ
तिम्रो रक्तिम सपना अझै बचेको छ
तिमी भौतिक रूपमा प्रकृतिबाट विदाहुँदा
तिम्रँे अन्तिम हुँकार सम्भि्क
यो सिउँडी वस्ति कै तर्फबाट
सलाम छ तिमीलाई, सलाम …..!
(स्रोत : हाँक विक्ली – वर्ष २७, अंक ४३ – २०६७ भाद्र ३० गते, बुधबार)