कविता : मेरो प्यारो देश

~रेशम विसी~

मेरो देशको माटो मेरो देशको ढुङ्गा
सम्झना आउँदा मन हुन्छ चङ्गा
नदि र नाला छहरा छाँगा
हिमाल पहाड अनेक गङ्गा

तराईको फाँट अन्नको भन्डार
उच्च शिखर छ चिनाउने संसार
लाली गुराँस, बेली मुस्कुराउँछ
डाँफे र मुनाल मयूर नाँचिरहन्छ

बहुजाति भाषा भेष छ जहाँ
अनेक धर्म सँस्कृती छ यहाँ
कोइलीको भाका छ यहाँ नयाँ
नयाँ नेपाल श्रृजनाको सपना

पूर्वमा मेची पश्चिमकाली
सूर्यको किरण उदाउने वाली
नटुक््रयाउँ यसलाई देश हुन्छ खाली
विस्तारबादको हुन्छ हाली मुहाली

(स्रोत : हाँक विक्ली – वर्ष २८, अंक १६ – २०६७ फागुन २५ गते, बुधबार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.