~ताराधर शर्मा~
पूर्खाले एकिकरण गरिदिएको नेपाल
टुक्राउँदैछन् संघीयताको नामले
विविध अनेकतामा एकता बोकेको हाम्रो संस्कृतिलाई
शदियौं देखिको जातीय सद्भावलाई
खलबलाउँदै छन् जातीय संघीयताको नामले
जातीय संघीयताका नारा दिई
नयाँ नेपालका कुरा गर्छन् यहाँ
अब्बल दर्जाका क्रान्तिकारीहरुले
मात्र सत्तामा पुग्नको लागि
अनि, सत्ता र कुर्चीको लागि
आफ्ना नाता–पाता भाइ भतिजालाई
सरकारी जागीर खुवाउनको लागि
केन्द्रको राजा बन्न नसके पनि
प्रान्तको सं्रराट बन्नको लागि
भुरे–टाकुरे, बाइसे–चौबिसे
राज्यमा नेपाल फर्काउनको लागि।
मतलब छैन यी नेतालाई
आफ्नो आमाको अस्तित्वको,
आफ्नै सन्ततीको भविष्यको
थाहा छैन यिनलाई
संघीय रुपि गोमनको।
एक केन्द्र सरकार अनि
प्रान्तिय सरकार, संसद, अदालत
विभाजित गराउँदैछन् सार्वभौम सत्ता
कमजोर बनाउँदै राष्ट्रिय आत्मबल
षड्यन्त्र हुँदैछ पहाडीलाई हटाउने मधेशबाट
त्यो क्षेत्रीय संघीयताको नामले
तमुवान, खुम्बुवान, थारुहट, मगरातमा
लडाईछ जनजातिलाई आफू–आफूमा
त्यही जातीय संघीयताको नामले।
त्यसैले,
आउ नेपाली, सबै मिलौं बचाउँ्क हाम्रो देश
कलम चलाऊँ, दिमाग खियाऊँ, रगत बगाऊँ
बचाउन हाम्रो प्यारो देश।
देश हाम्रो मुटु हो, देश हाम्रो आत्मा,
देश हो हाम्रो पहिचान।
जुटौं सारा सचेत शिक्षित युवा
चलाऊँ देश बचाऊ अभियान।
(स्रोत : हाँक विक्ली – वर्ष २७, अंक १४ – २०६६ फागुन ०५ गते बुधबार )