गजल : आफ्नो मान्छे कसलाई मान्ने

~कमला क्षेत्री~

जातजातिबीच दुश्मन यहाँ आफ्नो मान्छे कसलाई मान्ने
टुक्रा पार्न थाले देशलाई विजोग हो कि विकास ठान्ने

इसारामा चल्छन् नेता रिमोर्ट बने विदेशीको
रिमोर्ट थिचे घट्छ घटना यस्तो कुरा को छ जान्ने

सर्वहारा वर्गलाई मुक्ति दिन्छु भन्दै आए आउनलाई त
बोलिबचन बिर्सिएर खेल्छन् खेल कुर्सी तान्ने

बैरीले जाल फिंजायो टुक्रा पार्ने यो देशलाई
जालमा परे हाम्रो नेता जाल पन्छाउन कसलाई छान्ने।

बेलुवा, नवलपरासी

(स्रोत : हाँक विक्ली – वर्ष २७, अंक १७ – २०६६ फागुन २६ गते बुधबार )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.