~मपन भुसाल~
जसो गर जे भन जतासुकै लैजाऊ मलाई,
यो मन त मेरो नेपाली हो
मलाई गर्व छ हाम्रो पुर्खाले
कति ब्यथाहरू सहेर,
इतिहासमा कथा त लेखेकै छ
न नै लडाईँको मैदानबाट भागिदिन्छ,
न त सुनको तराजुमा बिकिदिन्छ
आफ्नै कर्ममा अटल रहने,
आफ्नै पसिनामा विश्वास गर्ने
यो मन त मेरो नेपाली हो
न नै अरूको भरोसामा बाचिदिन्छ,
न त आफ्नो अधिकारलाई लुट्नदिन्छ
हिमालझैं चम्किलो सफा छ छाती,
आकाशझैं फिंजिएको विशाल छ विशाल
यो मन त मेरो नेपाली हो
स्वर – १९७४ ए. डी.
शब्द र सङ्गीतः – मपन भुसाल