~देवेन्द्र बस्याल~
फर्किआउ लाहुरेदाई
फूलै फूलको गाउँ
वास्नै बास्नाको ठाउँ
झलि र मिलि थियो
यो लाहुरेहरूको गाउँ
घर यो लाहुरेको रे
समाज यो लाहुरेकै रे
तर आज किन?
घरहरू रित्तै छन
सारा समाज रित्तो छ
कहाँ गयौं लाहुरे दाई
किन छाड्यौ यो समाजलाई?
भिर पखेरामा गुन्जने
डाँफे मुनालका गीतहरूले
बोलाईरहेछन तिमीलाई
सालको पात बजाउँदै
मादल र दमाहा अनि
सनहीको रागले
खोजीरहेछन तिमीलाई।
आऊ फर्क लाहुरे दाई
उजाड नबनाऊ यो गाउँलाई
जुन देशको नुन खाएपनि
जहाँपसिनाले सिंचित गरेपनि
नदुखाउ नेपाल आमाको मन
नबिताउ जीवनको तन
ऐस, आराम, भोग, विलाष
होइन जीवनको ल73य
अधिकारकेा निम्ति
जन्म भूमि भूल्नु
होईन राम्रो पक्ष
त्यसैले,
बचेखुचेका पसिनाका थोपाहरू
बाँकी रहेका तन र मनहरू
आऊ एकताको माला गाँसी
राष्ट्रिय अखन्डता जोगाउन
प्यारो देश बचाउन
– देबेन्द्र बस्याल, जापान
(स्रोत : हाँक विक्ली – वर्ष २७, अंक ११ – २०६६ माघ ०६ गते, बुधबार)