रक्तिम गीत : क्रान्ति नाँच्दै आउने छ

~मोहनविक्रम सिंह~Mohan Bikram Singh

मलाई अरु केही केही चाहिन्न
बादलको अलिकति गर्जना देऊ
कुखुराको पहिलो डाँको देऊ
सूर्यको पहिलो किरण अनि
तुफानको वेगवान संगीत देऊ
मलाई अरु अरु केही चाहिन्न।

चट्टानको एउटा टुक्रा देऊ
आरनको रातो फलाम देऊ
धानको एउटा बाला अनि
मकैको एउटा घेांगा देऊ
क्रान्ति नाँच्दै आउने छ

रचना : मोहनविक्रम सिंह
संगीत : जीवन शर्मा
एल्बम : रक्तिम भिसिडी भाग–३ “लेफ्ट राइट….”

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.