~शशिधर भण्डारी~
तिमी महाभारतका अभिमन्यू हौ
अस्ताएको एउटा नक्षेत्र हौ
तिमी अस्ताएपछि उदाउने सूर्य होइनौं
चन्द्र पनि होइनौं
तिमी त महाभारतका अभिमन्यू हौ
त्यसैले फेरि उदाउन्नौं
फेरि उदाउने सूर्यले
उज्यालो विहानी जन्माउँछ
फेरि उदाउने चन्द्रले
कालरात्रीलाई चिर्छ
तर, मध्यरातमा उदाउने
तिम्रो ज्याजल्लमान चेहराले
न उज्यालो विहानी ल्याउँछ
न कालरात्रीलाई चिर्छ
तिमी त अभागी अभिमन्यू हौं
निन्द्रादेवीलाई भगाउँछौं
महासमरको अर्जुनलाई
शोक सागरमा डुबाउँछौं।
(स्रोत : हाँक विक्ली – वर्ष २७, अंक २२ – २०६७ बैशाख १ गते)