केटा – तिमी ढल्दो रात रोक
——म ढल्किँदो जुन छोप्छु
केटी – त्यो मलिलो मन भरी
——म प्रितीको फूल रोप्छु
केटा – आऊ आऊ काख मेरो
——किन राख्नु अझै दूरी ?
केटी – प्रिय रोक रोक छिटो
——भएँ गल्दो मैन सरि
केटी – तिमी गल्दो मैन रोक
—– म सल्किँदो शिखा छोप्छु
केटा – म समेट्छु केश तिम्रो
—— अनि सुस्त सुस्त बोल्छु
केटी – तिमी माया पोख अझै
—— फुल्छु तिम्रै मुटु भरी
केटा – म त माया पोख्छु धेरै
——सधैं बग्ने मुल सरि
केटा – केही बेर मुल रोक
—–म नयनी शुल छोप्छु
केटी – म बटुल्छु शित बिन्दु
——अनि तिम्रै नाम पोत्छु
(स्रोत : रचनाकारको फेसबुकबाट सभार )