~लोकराज अधिकारी~
तिमीले पराई ठानेपछि पराई हुन के भो र
तिम्रो मेरो बिचको नाता पनि भन्नु के रह्यो र
आखिर डाँडा काट्नु रैछ त्यो मन अन्तै साट्नु रैछ
हाँस्दा तिमी सँगै हाँस्छु रूँदा सँगै रून्छु भन्थ्यौ
तिमी बादल बन्यौ भने म त बर्षा हुन्छु भन्थ्यौ
बादल जस्तै फाट्नु रैछ त्यो मन अन्तै साट्नु रैछ
मलाई छोडी गयौ भने पराई तिमी भयौ भने
फूल जस्तै झर्छु भन्थ्यौ तिम्रो कसम मर्छु भन्थ्यौ
कसम खाई ढाट्नु रैछ त्यो मन अन्तै साट्नु रैछ
शव्द: लोकराज अधिकारी
संगित: सन्तोष श्रेष्ठ
स्वर: अञ्जु पन्त