गीत : मैले फूल जाँची हेरेँ

~दुर्गा लामिछाने~

मैले फूल जाँचीहेरेँ
मैले पथ्थर जाँचीहेरेँ
कहिले फूलसँग कहिले पथ्थरसँग
सबैसँग बाँचीहेरेँ

कोमल सोची फूल छुँदा फूलैले काटिदियो
बरु मेरो दु:ख पथ्थरले खुसीसँग साटिदियो
खुसी छरिँदा गला भरिँदा
कहिले फूलसँग कहिले पथ्थरसँग
सँधै नै हाँसीहेरेँ

रहेनछ म जस्तो दुनियाँ, न म दुनियाँ जस्तो
महँगो यो संसारमा माया शब्द सबैभन्दा सारै सस्तो
दुनियाँको सार मिलाउनलाई
कहिले फूलसँग कहिले पथ्थरसँग
अरु झैँ नाचीहेरेँ

शब्द – दुर्गा लामिछाने
संगित – चण्डिप्रसाद काफ्ले
स्वर – शिव परियार

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.