~ उन्नती बोहरा ‘शीला’~
मेरा आशक्तिका भावना तिमीले बुझ्न सकेको भए
मेरा मायाका जाहेरी तिमीले सुन्न सकेको भए
म टुक्रा टुक्रा भई किन झरिन्थेँ होला
आत्मा साक्षी लाएको यो पिरती मनै पोल्ने भएछ भत्भती
फूल सम्झी सजाएँ मुटुमा बिझ्यो किन काँढा सरी
समर्पण यो मेरो प्रेमको मर्म तिमीले बुझ्न सकेको भए
म धुजा धुजा भई किन पो उड्थेँ होला
जिन्दगीको हरेक यात्राहरू सँगै हिँड्ने बाचा थियो
हर ऋतुमा बसन्त बनी सजाउने आकांक्षा थियो
तिमीले हृदयको गहिराईलाई नाप्न सकेको भए
म छिया छिया भई किन चिरिन्थेँ होला
शव्द: उन्नती बोहरा “शीला”
संगित: शम्भुजित बाँस्कोटा
स्वर: अञ्जु पन्त