~राजेश नेपाली~
सधैभरी दलितलाई नै अत्याचारमा झान्छौ किन
दलितकै पसिनामा मिठो माम खान्छौ किन
आखिर फरक कहाँ देख्यौ तिरस्कार घृणा गछौ
पशुसरी दलितलाई सधैभरी मान्छौ किन
आफै अघि जान खोज्छौ सबैलाई पछि फाल्दै
कोही अघि जान खोज्दा बीचा खुट्टा तान्छौ किन
जसले धुलो मैलो नभनेर यो धर्तीलाई िसंगार्दछ
जसले रगतको पानी पार्छ त्यही अछुत गन्छौ किन
पाटीपौवा धारामन्दिर सार्वजनिक हुँदा पिन
समानताको हक खोज्ने मुीहरु बान्छौ किन
आफ्नै नंग्रा खियाउन अब आफ्नो पेट भर्नलाई
हाम्रो खुन चुसेर दलितकै मेहनतमा सारा जीवन धान्छौ किन
मान्छे-मान्छे सबै एउटै सानो ठूलो छैन यहाँ
छोड अब भेदभाव गर्न अछुतको बाँण हान्छौ किन
खाँचीकोट-२ अर्घाखाँची
(स्रोत : हाँक विक्ली – वर्ष २७, अंक ४ – २०६६ मंसिर १७ गते बुधबार)