गीत : बल गरेर

~बिपिन किरण~Bipin Kiran

बल गरेर त्यो मन यता मोड भन्दिन म
माया गर्छेउ थाहा छ मलाई छोड भन्दिन म
तर खुशी अन्तै मिल्छ भने तिमीलाई धेरै
मैसँग नाता जोड भन्दिन म
म त माया गर्छु तिमीलाई

म मात्रै कहाँ हो र तिमीलाई माया गर्ने
तिमीले आफ्ना आफन्तलाई होला सोध्नु पर्ने
रितै हो जन्म घर छोड्ने के गर्छेउ खोइ तिमी
जन्म-घरसँगको नाता तोड भन्दिन म
पराईको पछ्यौरी त्यो ओड भन्दिन म

बाटो सबै सजिलो त कहाँ हुन्छ हिड्न
मनपराई एउटालाई यात्रा नहोस भिन्न
गारो हुन्छ कहिलेकाही साँचो माया चिन्न
तिम्रो माया टुक्रा पारी ओड भन्दिन म
फल नदिने बृक्षलाई गोड भन्दिन म

शब्द : बिपिन किरण
सङ्गीत : महेश खड्का
स्वर : स्वरुपराज आचार्य

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.