विवश मेरो कथा भनुँ त ,निरस झर्कै लाग्ने होला
संदेह ग-यौ केही नबोले ,नराम्रो अर्थै लाग्ने होला
विवश मेरो कथा भनुँ त*****
ल आऊ बस मारी पलेंटी , गर्नुछ मैले धेरै कुरा
भो क्रोध छोड मेरी प्रेमिका , नरोप वाणी वाणी छुरा
गुनासो साँची यसै जिए त , यो धर्ती नर्कै लाग्ने होला
नुनिलो आँशु कोही नपिउँ, पिए त चर्कै लाग्ने होला
विवश मेरो कथा भनुँ त*****
कस्ले पो तिम्रो कान फुकेछ , हाँसेर बोल्दा कसैसित
भुल्यौ नि किन ? मेरी प्रेमिका , साटेको मुटु तिमीसित
नमेटी शंका सिउदो भरेमा , त्यो रंग अर्कै लाग्ने होला
सिन्दूर पनि बिग्रे सम्बन्ध ,बेकार धर्कै लाग्ने होला
विवश मेरो कथा भनुँ त ,निरस झर्कै लाग्ने होला
संदेह ग-यौ केही नबोले ,नराम्रो अर्थै लाग्ने होला
विवश मेरो कथा भनुँ त*****
(स्रोत : रचनाकारको फेसबुकबाट सभार )