~स्वरूप पाल्पाली~
हिमाल, पहाड़ ,तराई छैनन यहाँ
डाँफे र मयूर नाच्दैन यहाँ
लालीगुरांस फुल्दैन यहाँ
तर पनी,
हामी नेपाली छौ यहाँ
नेपाली भाषा र नेपालीपन छन यहाँ
रातो टिका र जमराले दशैं मनाउछौँ यहाँ
फर्फराउँदै नेपाली झंडा गौरव मानी
नेपाली गीत गाउँदैछौ
भोटे सेलो र झयाउरेमा नाच्दैछौ हामी
कस्ले भन्छ? नेपाल छैन यहाँ
कसैले भारतीय होस ? भन्दा पारा तात्छ
नेपाली दाल भातनै प्यारो लाग्छ
नेपाली हूँ भन्छौ गौरव मानी
नेपाली देशबासी भनी चिनिन्छौ हामी
भने,
कस्ले भन्छ? नेपाल छैन यहाँ
नेपाली परिवार सानो छ
कोही ठुलो कोही सानो छैनन यहाँ
हामी सबै नेपाली!!
हाम्रो भाषा,संस्कृति र समाज बांचे यहाँ
हामी नेपाली बाच्ने छौ यहाँ
अनी बाच्ने छ हाम्रो सानो नेपाल यहाँ !!!!
(स्रोत : INLS – australia)