लघुकथा : पचास वर्ष पछिको दन्त्यकथा

~सन्जोग नेपाली~

“उहिले नै नेपाल भन्ने देशमा जनताले १९ दिन आन्दोलन गरेर राजा हटाए | राजालाई हटाएपछि संबिधानसभा बनाए | एक अर्कालाई दोष दिदै दलहरुले संबिधान बनाएनन् | संबिधान नबने पछी मन परि भयो | सत्ता र सरकारको लागि

हानाथाप भयो |देशमा अराजकता भयो | नेताहरु मुखले चाहिं सिध्दान्त, आदर्शका राम्रा कुरा गर्थे तर व्यवहारमा चाहीं बेइमान , लोभी र पापी थिए | तिनीहरु बाहिर बाहिर चाह बाझे जस्तो गर्थे तर भित्र भित्र चाहीं मिलेर राष्ट्रिय दिकुती खान्थे |

नेताहरुले देशको सम्पति हडपेर धनि भए तर मुलुक र जनता दरिद्र हुदै गए |

नेताहरुको कर्तुत जनताले थाहा पाए ||नेताहरुको चालामालाबाट जनता आजित भए र ति सबै फटाहा नेताहरुलाई रुखमा झुण्डाएर फासी दिए |करिब दस हजारको हाराहारीमा नेताहरुलाई झुन्डाइएको थियो | देश नेताविहिन भयो | नेताको खोजि हुन् थाल्यो | तर नेता हुनका लागि सबैभन्दा पहिला इमान्दार र कर्तेव्यनिष्ट हुनुपर्ने सर्त राखियो | त्यतिबेलादेखी नेताहरुले बेइमानी गरे भने नेपालमा नेतालाई झुन्डाउने परम्परा नै बस्यो |”

कथा सुनाइ सकेपछी कथावाचकले अन्तमा यति कुरा थप्यो _ “आज पनि कुनै नेताले

बेइमानी गरेको थाहा पाउनासाथ तेस्लाई झुन्डाईन्छ र मुलुकले राम्रो विकास गरेको छ|”

(स्रोत : फेसबुकको ‘कथा-चौतारी’ समूहबाट )

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.