~आकाश दवाडी~
आज म यहाँ आइपुगे। हिजोसम्म त उमङ्ग थियो, जोश थियो। आज याताउता हेर्छु, अनी थाहा पाउछु कि यहाँ त केही रहेनछ। लौन यो त मरभुमी पो रहेछ। म छाँगबाट खसे जस्तो भएँ। ला म त फसेछु नि। आँङ सिरिङ्ग हुन्छ। यो एउटा नरम्रो सपना भए नि हुन्थ्यो नि। एक थप्पड आफ्नै गालामा हन्छु। अब त प्रस्ट भयो यो बिपना नै रहेछ। म झन अतिन्छु। टाढा टाढा सम्म चियाउँछु केही छैन। राम्रोसँग सास फेर्न नसकेको अनुभुति हुन्छ। लामो सास लिएर शोच्छु, म यहाँ किन आएँ त? बल्ल अनुभब भयो। म यहाँ आउनु अपरिहार्य थियो। यहाँ बाट केहि दुरिमा रहेको तालको बिचमा रहेको अम्रित पिउनपो आएको त म।…
अब म ताल तिर प्रस्थान गर्छु। तालमा न डुंगा छ, न पुल छ। अरु त अरु तालको पानी पनि समुन्द्रको जस्तो नुनिलो पिउन नमिल्ने। म प्यासले आकुल ब्याकुल छु। आङ फेरि जिरिङ्ग भयो। आखिर मलाई मलाई पौडी खेल्न पनि त आउँदैन। जागर तर्ने अन्तिम आसामा पनि तुषारापात भयो जब थाहा लाग्यो कि ताल त एक बाँस डुब्ने गहिरो पो रहेछ।
म डङ्ग उभिए। पसिना पुछी फेरि सोचे र थाहा पाए कि म त त्यो अमृत पिए बगर जान नसक्ने गरी पो आएको हुँ त। अब केही उपाए छैन। अन्त्यमा उही दु:ख पर्दा मात्र सम्झने उनिलाई नै सम्झिए। दु:खमा मात्र सम्झने त हो उनिलाई। म निन्द्रामा परेछु। बिउँझीदा त यहाँ चमत्कार भएछ। उनी कती दयालु। अन्तिममा सम्झिए पनि रिसाएनन। उनी आएछन गएछन। मैले पत्तै पाएनछु।
यहाँ त वरिपरी हरियो छ। दुध दिने एउटा गाई भकारोमा छ। दुइ चार कलीला रुखहरु हुर्किदै रहेछन। ममा त अलिअली पौडी खेल्ने हिम्मत पनि आएछ। ताल पनि कन्चन। पानी पिए, नुनिलो कत्ती पनि छैन। म सोच्दैछु, दुइ-चार बर्षमा त रुख काटेर डुंगा बनाउछु। म हर्षित छु। म सार्है उत्तेजित छु।
अब म केही बर्षमा नै त्यो अमृत पिउनेछु। त्यसपछी त म फर्कन पनि सक्नेछु। आहा, आखिर म यहाँ आएको पनि सार्थक हुने भो। म दङग छु, जिल्ल छु। तर म बढी उत्तेजित हुनु हुँदैन। यो मरुभूमी हो। यहाँ जहिले पनि आँधी आउन सक्छ। म सतर्क हुनु पर्छ।
मार्च 11, 2008
(स्रोत : INLS – australia)