~जाई योङ्गमिङ्ग~
अनु : केशव सिग्देल
वसन्त क्रृतुमा, जब रुखभरी जड्याँहाको अनुहार जस्तै कृत्रिम फूलहरु फूल्छन् राताम्य भएर
म परम्परा खोज्छु ति वास्तविक हिमालहरु
वास्तविक पानी असली चरा र फूलका वास्तविक चित्रणहरु
ति रङ्गहरु जसले युवतीहरुलाई सुन्दर वर्ण दियो
तिनिहरु वनस्पतीबाट बन्चित भए तिनको सुन्दरता
आत्मासँगै सास लिन्छन्
हिमालमा सुतेर जुन एउटा परम्परा बन्यो
योगीको अभ्यास जस्तो
गुरुहरुको ध्यान गरेर हिमालमा
ब्युँझेर परिश्रमलाई पखाल्दै
गरिबीमा जन्मिएर
सबै वंशजबाट अलग्गिएर
कुनै पनि जीवनमा एक्लो मुटु हुन वाध्य छ
कसैले भेट्छ कुनै कवितहरुमा
चित्रहरुमा
कमलका पातहरुमा अथवा माछाको समूहहरुमा
प्राचिनताको भाव हुर्काएर म कम्पित हुन सक्दिन
म कुची प्रयोग गर्छुः टुटेको कुचीकार्य, निरश कुचीकार्य
भाँचिएको कुचीकार्य, सुख्खा कुचीकार्य
यो भित्रि आलस्यलाई साहारा दिन सक्दैन
जब पाना र मसीले ह्रदयलाई पछ्याउँछ
उनीहरु दृष्यको एउटा भागतर्फ उडान भर्छन्
In Springtime
जाई योङ्गमिङ्ग (चीन)
(स्रोत : Nepalikalasahitya)