~प्रमित आचार्य ‘लिबाङी’~
जब म भोलिका बिहानहरु आज निशाको अधेरोले निलेको देख्छु
जब म हजार कोपिलाहरु नफक्रदै दुष्ट पाउहरुले कुल्चेको पाउछु
तब संसारबाटै लोप भइसकेर केबल कथा अनि कहानीमा सिमित भएका
हजार ड्रेगनहरु मेरो कमलो शरिरभित्र भूकम्प लिएर सल्बलाउन थाल्दछन्
अनि म ड्रेगनले मेरो कमलो शरिरभित्र छाडेको हजारौ ति ज्वारभाटाहरु
केबल एउटा निर्जिब कलमको सहायताले एउटा निर्जिब पन्नाहरुमा ओकल्छु
अनि तिमी त्यसलाई सहजै कबिता र मलाई कबि भन्दिन्छौ
प्रिय मित्र, म कबि होइन, अझ भनौ म कबि त हुदै होइन
कबिहरु कोमल हुन्छन, तर म पाषाण भन्दा पनि कठोर छु
कबिहरु शान्तिप्रेमि हुन्छन, तर म क्रान्तिमा बिश्वास राख्छु
कबिहरु निर्माण रोज्छन, तर म भत्काउन चाहन्छु
तिम्रा ति सोचहरु,सामाजिक संरचनाहरु र तिम्रा कतिथ अटुट बिश्वासहरु
जस्का कारण तिमी मान्छेलाई मान्छे नदेखेर पहिला अरु नै देख्छौँ
अनि म निर्माण गर्न चाहन्छु, एउटा बेग्लै समतामूलक समाज
तिमी, म र हामीहरु हासी हासी बाच्नेछौं
प्रिय मित्र,अब त तिमीले बुझ्यौ होला अनि सम्झ्यौ पनि होला
म हजार ड्रेगनहरु साथ लिएर हिडिरहेछु, एउटा अनन्त पथमा
हरेक अन्यायका बिरुद्द, म ओकलिरहनेछु,आगोका ज्वारभाटाहरु
हुनसक्छ त्यसले ध्वस्त पार्नसक्छ तिम्रा संरचनाहरु अनि सोचहरु
त्यसले डढाउन पनि सक्छ अरुका रगत चुसेर बनाएका तिम्रा गगनचूम्बी महलहरु
यो पनि हुनसक्छ त्यो आगोले तिमीलाई पनि जलाएर राग पार्न सक्छ
म आफ्नो मान्यताबाट बिचलित हुदा मलाई पनि नछाड्न सक्छ यो आगो ले
त्यसैले म फेरि भन्दैछु र म पटक पटक भनीरहन्छु
होसियार ! प्रिय मित्र मलाई कबि र मेरा ओकलेका आगोलाई कबिता मात्र नदेख
किनकी म कबि होइन, अझ भनौ म कबि त हुदै होइन
(स्रोत : रचनाकारको ब्लगबाट सभार)