~नवराज दाहाल~
तिमी त उही चन्द्रमा रहिछौ
मैले कहिल्यै जानिन।
नजर उठाइ एक फेर हेर्न
जरुरी कहिल्यै ठानिन।
सात समुद्र पारि तिमीलाई
छाडेर आएथे।
मिलन अब नहुने हो कि
अनुमान यस्तै लाएथे।
तिमी त मेरै चन्द्रमा रहिछौ
छायामा उही नै सितलता।
रुपमा उही चन्चलता तिम्रो
मायामा उही नै कोमलता।…
चेहेरा ढाक्थ्यौ तिमी घरी घरी
अधिर भई म तड्पन्थे।
मडारिन्थ्यो बादल तिम्रै वरी परि
डाहाले म जल्दथे।
नजरको दोष बचाउन तिमीले
चेहेरामा दाग जो लाएथ्यौ।
” तिम्रो अनी मात्र तिम्रो हुँ म”
कसम जो तिमीले खाएथ्यौ।
सम्झन्छु अझै मायाका बात
सुनसान रातका।
मधुरो तिम्रो प्रकाशको साथमा
स्पर्स मातका।
आकाशमा छौ अटल तिमी
घस्रिदै छु म यो धर्तिमा।
संयमी बनी पर्खेको छु म
झर्ने हौ कहिले मेरो बस्तिमा?
(स्रोत : INLS – australia)