कविता : कहिलेकाही त नाच न चरी।

~नवराज दाहाल~

बथान छोडी चारोको आसमा
नौ डाँडा काटी यहाँसम्म आयौ
ति साथी-संगी , ति डाँडा-काँडा
ति दिन सम्झी हाँस न चरी।

त्यो हरियो फाँट
त्यो चिसो बतास
त्यो निलो आकाश, निस्फिक्री उडान
तस्विर मनमा टाँस न चरी।

हेराइ अर्कै, भोगाइ भिन्नै
तरिका अलग, संघर्ष बेग्लै
यो पनि एउटा जिवनकै पाटो
बेफिक्रि भई बाँच न चरी।

रमाइलो ठाउँ, मायालु गाँउ
सितल छाँया, निस्छल माया
त्यो द्रिश्य तिमीले भुल्यौ कि कतै
लौ छाती छामी जाँच न चरी।….

त्यो आकाश तिम्रै, रुख-बुट्यान तिम्रै
बोलाउछन सँगी कुहु-कुहु गर्दै
आफ्नैमाझ एकदिन फिर्नु छ तिमीले
दिन गन्दै औंला भाँच न चरी।

खुशीका दिन आउन्नन जहिल्यै
यो पल फेरी फर्कन्न कहिल्यै
उफ्रदै -घुम्दै, पखेटा फिँजाई
कहिलेकाही त नाच न चरी।

(स्रोत : INLS – australia)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.