कविता : मान्छे

~केशव थापा~

चन्द्रमाको सतहमा उफ्रिनेनि मान्छे
सगरमाथा चुचुरोमा पाइला टेक्ने मान्छे ।
बाटो-घाटो घर-पुल बनाउने मान्छे
बनाएका आक्रितीलाइ भत्काउने मान्छे ।।

मध्ये रातमा जाली नोट कमाउने मान्छे
पसिनाले भाग्य कोर्ने मेहनती मान्छे ।
आकाशको छानो मुनी सडकमै सुत्ने मान्छे
भोकै पेट भारी बोक्ने भरियापनी मान्छे ।।…

अन्धेरिमा जुनकिरिझै टल्किनेनी मान्छे
कालो बादल मुहार पोती दिउसै हिन्ड्ने मान्छे ।
घाटी हेरी हाड निल्ने राम्रा पनि मान्छे
हाडै नभै उफ्रिने पनि हेर कस्ता मान्छे ।।

मान्छेले मान्छे मार्ने दुस्ट पनि मान्छे
रगतको थोपा दीइ जीवन दिने मान्छे ।
ममताको न्यानो काख नपायका मान्छे
काख पाइ लात हानी बतासिने मान्छे ।।

मान्छेका कर्म लुट्ने निरन्कुशी मान्छे
रगत चुसी ह्रिस्ट्पुस्ट जिउने कस्ता मान्छे।
इ मान्छेका ढाड सोझ्याउने शक्तिशाली मान्छे

तिमी मान्छे, म मान्छे, हामी सबै मान्छे
सडक बस्ती चारैतिर हेर्ने पनि मान्छे ।
सुख्-दुख अङालेर यात्रा गर्ने मान्छे
जन्मे पछी एक दिन मर्नु पर्ने मान्छे ।।

(कवि थापा इन्जिनिएरिङ् बिभाग, पुल्चोक क्याम्पसका बिध्यार्थी हुन् )

(स्रोत : INLS – australia)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.