~कृष्ण प्र. पाण्डे~
पैलो प्रस्तावमै यदि सत्कार पाए
अझ कुन हाल होला ? पत्यार पाए
मुटु दिनेलाई मुटु दिनेछु भन्ने
मेरो मनलाई जित्ने बिचार पाए
फूल टिपेर पो कहाँ सुगन्ध मिल्छ !
फेद गोडमेल गर्ने संस्कार पाए
कहीं ढिलो गरि आए तोकेको ठाउँ
माया भरिएको गाली , फट्कार पाए
अहो ! लगातार अझै जानु छ जानु
यात्रा सँगसँगै गर्ने आधार पाए
(स्रोत : रचनाकारको फेसबुकबाट सभार )
Like this:
Like Loading...
Related
About Sahitya - sangrahalaya
We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.