कविता : तिमी

~पवन चाम्लिङ ‘किरण’~Pawan Chamling 'Kiran'

तिम्रो दु:ख मलाई लाग्छ
मुटु मेरै दुखे जस्तो,

तिम्रो आँसु मलाई लाग्छ
मेरै आँसु बहे जस्तो ।

यति धेरै लाग्छ मलाई
तिम्रो माया कस्तो,

तिमीलाई भोगेको मैले
मेरै जीवन जस्तो ।

(सिक्किम, भारत)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.